‘जनमत संग्रह’को विवादमा परेका राउतले पार्टीकै नाम ‘जनमत’ राखे

‘जनमत संग्रह’को विवादमा परेका राउतले पार्टीकै नाम ‘जनमत’ राखे

janamat-party-1

काठमाडौं– सरकार र सीके राउतबीच भएको ११ बुँदे सहमतिका बेला ‘जनमत संग्रह’ र ‘जनअभिमत’को शब्दलाई लिएर विवादमा तानिएका सीके राउतले अन्ततः आफ्नो पार्टीको नाम नै परिवर्तन गरी ‘जनमत’ राखेका छन् ।

सरकारले सम्झौतामा ‘जनमत संग्रह’ नभइ जनअभिमत भएको स्पष्ट पारिरहँदा सीके राउतले भने स्वतन्त्र मधेशका लागि जनमत संग्रह गर्न सरकार सहमत भएको दाबी गरेका थिए ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए– ‘जनमत संग्रह गराउन सरकार सहमत ! स्वतन्त्र मधेश गठवन्धनको सवै मुद्दा फिर्ता हुने ! ’

यता सरकारले सीके साउतसँग गरेको सहमति द्विअर्थी भएको भन्दै सत्तारुढ नेकपा र प्रतिपक्षी कांग्रेसका सांसदहरुले नै संसदमा गृहमन्त्री रामबहादुर थापासंग जवाफ समेत मागेका थिए । समाचार सन्दर्भ खबरहव

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ