प्रचण्डको मृत्युको कामना गर्ने रवी लामिछानेलाई कारबाही गर्न नेकपाका युवा नेताको माग

प्रचण्डको मृत्युको कामना गर्ने रवी लामिछानेलाई कारबाही गर्न नेकपाका युवा नेताको माग

rabi vs parchanda

विवादित टेलिभिजन कार्यक्रम प्रस्तोता रवी लामिछानेलाई पक्रेर कारबाही गर्न सत्तारुढ नेकपाका एक युवा नेताले  माग गरेका छन् । नेकपानिकट अखिल क्रान्तिकारीका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र बस्नेतले लामिछानेले टेलिभिजनमार्फत प्रचण्डको मृत्युको कामना गरेकामा आपत्ति जनाउँदै उनलाई कारबाहीको माग गरेका छन् ।

प्रचण्डले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आफूलाई हत्या सूचीको पहिलो नम्बरमा राखेको खबर सरकारका तर्फबाट दिइएको सार्वजनिक अभिव्यक्ति दिएपछि लामिछानेले टेलभिजनबाट ‘प्रचण्ड मरेर केही फरक नपर्ने’ घोषणा गरेका थिए । बस्नेतले लामिछाको अभिव्यक्ति पत्रकारिताको मर्म र धर्मविपरीत रहेको टिप्पणी गरेका छन् ।

‘प्रचण्ड मारिएर केही फरक पर्दैन भन्दै न्युज २४ मा कुर्लदैं गर्दा के रबि लामिछाने पनि त्यही मिसनका अभियन्ता होइनन् भनेर उनले आफुलाई कसरी स्पष्ट गर्छन् ?’  बस्नतेले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘न्यूनतम मानवीय मर्यादा र सभ्यताविरुद्धको उनको त्यो वाणी सुनेपछि मलाई उनी पत्रकारिताको मर्म र धर्मभित्र भएजस्तो पटक्कै लागेन । यसलाई कार्वाहीको विषय बनाइयोस् । उनले पत्रकारिताको खोल ओडेर अरु कर्म वा कुकर्म नगरुन् ।’

लामिछानेले एउटा टेलिभिजनमा जनतासँग सीधा कुरा नामक विवादित कार्यक्रम सञ्चालन गर्दै आएका छन् । उनका शब्द हतिपय अवस्थामा सभ्य समाजले पचाउन नसक्ने र पत्रकारिताको आचारसंहिता विपरीत रहेको भन्दै आलोचना हुँदै आएको छ । यो समाचार काठमाडौँ टुडेबाट साभार गरिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds