सिके राउतको परिषद् बैठकमा पत्रकार र सुरक्षाकर्मीलाई प्रवेशमा रोक

सिके राउतको परिषद् बैठकमा पत्रकार र सुरक्षाकर्मीलाई प्रवेशमा रोक

ck-raut-post_

सिरहा : मधेस गठबन्धनको पहिलो दुई दिने राष्ट्रिय परिषद् बैठकमा पत्रकार र सुरक्षार्कीलाई प्रवेशमा रोक लगाईएको छ ।

सरकारसँगको सहमतिपछि सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनको आइतबारदेखि सुरु भएको पहिलो दुई दिने राष्ट्रिय परिषद् बैठकमा पत्रकार र सुरक्षाकर्मीलाई प्रवेश रोक लगाइएको हो ।

सिरहाको लहान ७ स्थित मारवाडी सेवा सदन जारी बैठकमा सहभागी सदस्यलाई नागरिकता अनिवार्य गरेको थियो । बैठकमा मोबाइल निषेध गरिएको छ। सञ्चारकर्मीलाई बैठक स्थलमा रोक लगाइएको छ ।

परिषद् बैठकका लागि स्वतन्त्र मधेस गठबन्धनका संयोजक राउत बिहान ७ बजे जनकपुरबाट लहानस्थित मारवाडी सेवा सदनमा आएका थिए। उनको प्रवेशसँगै कार्यक्रमस्थल मारवाडी सेवा सदनको सुरक्षा कडा पारिएको छ।

मूल गेटबाटै राउतका आन्तरिक सुरक्षा दस्ताले कार्यक्रमस्थलको सुरक्षा दिइरहेका छन्। सशस्त्र र नेपाल प्रहरी मूल गेट बाहिर सडकमा उभिएर बाहिरी सुरक्षा दिइरहेका छन्।

कार्यक्रमस्थल मारवाडी सेवा सदनभित्र प्रवेश गरेका नेपाल प्रहरीका दुई जनालाई राउतका कार्यकर्ताले बाहिर निकालिदिएको स्रोतले बताए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

लोमान्थाङमा स्याउ खेती हुन थाल्यो
सुरु भयो पदयात्राको याम
एमाले नेता अर्जुनलाई मातृशोक
प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

ट्रेन्डिङ