विप्लवलाई प्रतिबन्ध लगाउदा काँग्रेसले किन रुवाबासी गर्नुपर्याे ? : प्रधानमन्त्री ओली

विप्लवलाई प्रतिबन्ध लगाउदा काँग्रेसले किन रुवाबासी गर्नुपर्याे ? : प्रधानमन्त्री ओली

kp oli

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई प्रतिबन्ध लगाएकोमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले रुवाबासी गर्नुको कुनै अर्थ नभएको बताएका छन् ।

चन्द समूह मान्यताप्राप्त संस्था नभएकोले प्रतिबन्ध लगाएको बताउँदै प्रधानमन्त्री ओलीले सरकारले गरेको उक्त काममा रुवाबासी नगर्न नेपाली काँङग्रेसलाई आग्रह गरेका हुन् ।

आईतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीमाझ उनले बम पडकाउने, चन्दा आतंक फैल्याउनेलगागतका अपराधिक गतिविधि गरेकाले सो समूहलाई प्रतिबन्ध लगाउने निर्णय लिनु परेको पनि स्पष्ट पारे ।

यस्ता गतिविधिमा संलग्न समूहलाई प्रतिबन्ध लगाउँदा आफूहरु लोकतान्त्रिक पार्टी र नेताहरु भन्नेको रुवाबासी किन ? प्रधानमन्त्री ओलीको प्रश्न थियो ।

प्रधानमन्त्री ओलीले देशमा धम्क्याउने, लुटपाट गर्ने छुट कसैलाई नभएको पनि बताए । उनले फरक प्रसंगमा मन्त्रीमण्डल फेरफेर गर्ने कुनै योजना नभएको पनि स्पष्ट पारे ।

‘एउटा मन्त्रालय खाली छ । त्यसलाई पूर्णता दिने एउटा कुरा हो । तर मन्त्रीमण्डल हेरफेरको कुनै योजना छैन ।’ प्रधानमन्त्री ओलीको स्पष्टिकरण थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

लोमान्थाङमा स्याउ खेती हुन थाल्यो
सुरु भयो पदयात्राको याम
एमाले नेता अर्जुनलाई मातृशोक
प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

ट्रेन्डिङ