फोहोर व्यवस्थापन गर्न माछापुछ्रे बैंक दमौली शाखाले दियो सत्यवती मावि लाई ३२ थान डसविन

फोहोर व्यवस्थापन गर्न माछापुछ्रे बैंक दमौली शाखाले दियो सत्यवती मावि लाई ३२ थान डसविन

SSS DML Ds

तनहुँ । तनहुँको दमौली स्थित सत्यवती माविमा संकलन हुने फोहोरको व्यवस्थापन गर्नका लागि माछापुछ्रे बैंक दमौली शाखाले २८ हजार रुपैयाँ बराबरको ३२ थान डसविन उपलब्ध गराएको छ ।

विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक कर्मचारी, विद्यार्थीहरुको उपस्थितिमा बैंकका प्रबन्धक सुरेन्द्र श्रेष्ठले विद्यालयका विव्यस अध्यक्ष सूर्य अधिकारीलाई हस्तान्तरण गरेका थिए ।

उक्त अवसरमा विद्यालयका विव्यस अध्यक्ष अधिकारीले बैंकले प्रदान गरेको सहयोग प्रति धन्यवाद ज्ञापन गरेका थिए भने प्रबन्धक श्रेष्ठले विद्यालयलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताउदै बैंकका सेवा तथा सुविधाहरु बारे जानकारी गराएका थिए ।

उक्त अवसरमा विद्यालयका शिअ संघ अध्यक्ष रामचन्द्र सापकोटा, प्रधानाध्यापक इन्द्रप्रसाद पौडेल, सहायक प्रअ अशोक गिरी, वि.व्य.स सदस्यहरु सुरेश वाग्ले, विनु श्रेष्ठ, जगत बहादुर बानिया लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण सहायक प्रअ अनिल श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ