गण्डकी प्रदेशमा भित्रने तरकारी र फलफूलको विषादी मापन गर्न प्रयोगशाला बनाईने

गण्डकी प्रदेशमा भित्रने तरकारी र फलफूलको विषादी मापन गर्न प्रयोगशाला बनाईने

tarkari

 कास्की । गण्डकी प्रदेशका दुई प्रमूख नाका तनहुँको आँबुखैरेनी र स्याङ्जाको मालुङ्गामा विषादी मापन प्रयोगशाला स्थापना गरिने भएको छ । सरकारले विषादी अवशेष पत्ता लगाउने प्रयोगशाला स्थापना गरीे प्रदेशमा भित्रिने तरकारी तथा फलफूलको गुणस्तर परीक्षण गर्ने भएको हो ।

सरकारले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने गरी मापदण्डभन्दा बढी विषादी प्रयोग भएका पाईएमा नष्ट गर्ने उद्धेश्य राखेको छ । तरकारी, फलफूल, खाद्यान्नको विषादी परीक्षणका साथै निर्धा्रित गुणस्तर अनुसारका पशुपंक्षी तथा पशुजन्य पदार्थको मात्र आयात गर्ने तयारी सरकारको छ ।

प्रयोगशालाको लागि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले स्याङ्जाको मालुङ्गामा १४ रोपनी जमीनको व्यवस्था गरेको जनाएको छ । प्रयोगशाला राख्न जमीनको प्रबन्ध भएपनि पूर्वाधार निर्माणमा समय लाग्ने भएकोले तत्कालका लागि घर भाडामा लिएर चैत दोस्रो हप्ताभित्रमा प्रयोगशाला स्थापना गर्ने मन्त्री लेखबहादुर थापाले बताए ।

आँबुखैरेनीमा पनि प्रयोगशाला राख्ने तयारी गरिएको छ । गोरखालाई पनि समेट्नुपर्ने भएकाले मुग्लिन पुलदेखी आँबुखैरेनीसम्मको क्षेत्रमा प्रयोगशाला स्थापनाको काम अघि बढेको उनले बताए । उनका अनुसार उक्त क्षेत्रमा सार्वजनिक जमीन खोजी भईरहेको र तत्कालका लागि घर भाडामा लिएर भएपनि प्रयोगशाला स्थापना गरिनेछ ।

सरकारले दुवै स्थानमा प्रयोगशालाका लागि चालू आर्थिक वर्षमा रु एक करोड बजेट बिनियोजन गरेको छ । मन्त्रालयका कृषि महाशाखा प्रमुख माधव लम्सालका अनुसार सरकारले जारी गरेको मापदण्डमा तरकारीमा विषादीको निषेध दर ३५ प्रतिशतसम्म भेटिएको अवस्थामा त्यसलाई खानयोग्य हुने मानिएको छ । त्यस्तै ३५ देखि ४५ प्रतिशतसम्म भेटिएमा त्यस्ता तरकारी केही समय चिस्यान केन्द्रमा राखेर पखालेर खान उपयुक्त हुन्छ ।

विषादीको दर ४५ प्रतिशतभन्दा बढी भेटिएमा त्यसलाई तत्काल नष्ट गर्नुपर्ने उल्लेख छ । प्रयोगशालामा प्राविधिकसहित हाललाई सात जनाको दरबन्दी रहने मन्त्रालयले जनाएको छ । प्रदेशको राजधानी पोखरामा रहेको कृषि उपज थोक बजारमा दैनिक १०० देखी १२० मेट्रिक टन सम्म तरकारी भित्रिने गरेको छ ।

त्यस्तै फलफूल दैनिक७० देखी ८० मेट्रिक टन आउने गरेको छ । सरकारले प्रदेशका नाकामा प्रयोगशाला स्थापना गरेपनि गाउँगाउँबाट कृषकले बजारमा बिक्रीवितरणका लागि ल्याउने तरकारीको विषादी मापन गर्ने भनेपनि प्रदेशभित्रै उत्पादन खाद्यान्नको विषादी परीक्षण भने चूनौतीपूर्ण छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

लोमान्थाङमा स्याउ खेती हुन थाल्यो
सुरु भयो पदयात्राको याम
एमाले नेता अर्जुनलाई मातृशोक
प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

ट्रेन्डिङ