बिदाको दिन सरकारी गाडीमा घुम्ने कास्कीका सहायक सिडिओ नेकपा कार्यकर्ताकै फन्दामा

बिदाको दिन सरकारी गाडीमा घुम्ने कास्कीका सहायक सिडिओ नेकपा कार्यकर्ताकै फन्दामा

gaaa

पोखरा । सार्वजनिक विदाको दिन सरकारी गाडी दुरुपयोग गरेको भन्दै सहायक प्रमुख जिल्ला अधिकारी सवार गाडी नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकर्ताले नियन्त्रणमा लिएका छन् ।

विदाको दिन सरकारी सवारी साधनको दुरु पयोग गरेको भन्दै उनीहरुले कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको गाडी नियन्त्रणमा लिएका हुन् ।

अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय सचिव क्षितिज सापकोटाको टोलिले गाडी नियन्त्रणमा लिई आगामी दिनमा सरकारी सम्पत्ति दुरुपयोग नगर्न आग्रह गर्दै गाडी छोडिएको हो ।

परीवारलाई लिएर घुम्न जाँदै गर्दा गाडी समातिएपछि आगामी दिनमा सार्वजनिक विदाका दिन सरकारी गाडीमा ननिस्किने सहायक सिडियो बरालले प्रतिबद्धता गरेका थिए ।

‘शनिवारको दिन आफ्नो क्षेत्र हेरौं र प्रहरी चौकीको पनि निरीक्षण गरौं भनेर गएको हो, उनले भने, ‘आज गैहाल्यौं । अवदेखि जाँदैनौं ।’ उनी इलाका प्रशासन कार्यालय लेखनाथमा कार्यरत छन् ।

‘परीवारै लिएर घुम्न ?’

सहायक प्रमुख जिल्ला अधिकारी बरालले जिल्ला जिल्ला प्रशासन कार्यालय कास्कीको सवारी साधनमा परीवारलाई लिएर घुम्न गएका थिए ।

शनिवार उनी परीवार सहित घुम्नका लागि कालिका जाँदै गरेको अबस्थामा नेकपाका कार्यकर्ताले नियन्त्रणमा लिएका हुन् । बराललाई नेकपाका कार्यकर्ताले मादी ५ सुनपँदालीमा उनको गाडी नियन्त्रणमा लिएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
जम्न थाले मनाङका नदी र ताल
पत्रकार आरजु विष्ट सल्यानी सम्मानित

ट्रेन्डिङ


This will close in 3 seconds