मुम्बई – केहि समयअघि मात्रै विवाह बन्धनमा बाधिँएका बलिउड अभिनेत्री प्रियंका चोपडा र हलिउड गायक निक जोनस विवाहपछि अमेरिकामा बस्दै आएका छन् । सञ्चार माध्यमहरुमा विभिन्न कारणले चर्चामा आइरहेका यो जोडीको फेरि सामाजिक सञ्जालमा भाइरल बनेका छन् ।
भाइरल हुनुको मुख्य कारण यतिवेला चाहिँ निककी पूर्वप्रमिका माइली साइरस हुन् । निकको र माइलीको सम्बन्ध प्रियंकासँग भेट्नुभन्दा अगाडिको हो । उनीहरु एकअर्कासँग डेट गरिरहेका थिए ।
माइलीले केहि दिन अगाडि निकलाई इन्स्टाग्राममा एउटा तस्बिर पठाइन् । फोटो माइली र उनकी बहिनीको थियो । तस्बिरमा माइलीले जोनसको तस्बिर भएको टिसर्ट लगाएकी छिन् । त्यसपछि उनले निकले दिएको रिप्लाईसहितको स्क्रीनशट फेरि अपलोड गरिन् ।
फोटो सेयर गर्दै माइलीले ‘तपाईलाई आफ्नी पूर्वप्रेमीलाई थाहा होस् कि पुरानो फोटो हट थियो’ भनेर लेखिन् । फोटोको कमेन्टमा निकले ‘यो तस्बिर निकै हट छ’ भनेर लेखेका छन् ।
जब यो सबै प्रियंकाले देखिन् उनले पनि फोटोमा कमेन्ट गर्दै लेखिन्, ‘हाहाहा… ‘हबी’ सहि हो । यो फोेटो वास्तवमै हट छ ।’
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम