‘साँइली’ गीतमा चलचित्र निर्माण, चैत्र १५ गते प्रदर्शन हुने

‘साँइली’ गीतमा चलचित्र निर्माण, चैत्र १५ गते प्रदर्शन हुने

saili

पोखरा । अत्याधिक रुचाइएको ‘साँइली’ गीतमा साँईलीनै नाम राखेर चलचित्र निर्माण भएको छ । यहि चैत्र १५ गतेबाट चलचित्र प्रर्दशन हुँदै छ । सोहि दिन युवा ज्योतिष हरिहर अधिकारीको डेब्यु फिल्म ‘शुभ लभ’ पनि प्रदर्शनमा आउँदैछ ।

चलचित्र प्रर्दशन मिति नजिकिदै गर्दा साँईली युनिटले आफ्नो प्रचारप्रसार तीब्र पारेको छ ।  प्रचारप्रसारको क्रममा पोखरा आएको साँइली टिमले पोखराका सञ्चारकर्मीहरुसँग साक्षात्कार गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका मूख्य पात्र मेनुका प्रधानले (साँईली) ले चलचित्रको कथामा आफ्नो अभिनयले वास्तविकत्ता दर्शाएको अनुभूत भएको बताएकी छिन् ।

चलचित्रमा साँईलाको भुमिकामा रहेका गौरव पहारीले आफु बाहेक सबै कलाकार थिएटरकै रहेको बताए । गीतलाई मन पराए जस्तै चलचित्रलाई पनि दर्शकले रुचाउनेमा उनी ढुक्क छन् ।

यस्तै, साँइलीमा साईलाको साथीको भुमिकामा देखिएका अभिनेता दयाहाङ राईले चलचित्र हेर्न जाँदा धेरै अपेक्षा सहित हेर्न नजान अनुरोध गरेका छन् । ‘‘हामी धेरै अपेक्षा गरेर चलचित्र हेर्न जान्छौँ ।’’ उनले भने – ‘‘चलचित्र रमाईलोको लागि हेरिन्छ जुन रमाईलो तपाईले साँइलीमा पाउनुहुन्छ ।’’

चलचित्रका सँगीतकार कालीप्रसाद बास्कोटाले साँइलीको गीतलाई एक बिम्बको रुपमा परिभाषित गरे । जुन बिम्बलाई तल माथि नहुने गरि चलचित्र निर्माण गरिएको उनले बताए । चलचित्रका अर्का कलाकार जो साइलीको ससुराको भुमिकामा देखिएका छन्, प्रकाश घिमिरेले साँइली नारीप्रदान चलचित्र भएको उल्लेख गरे ।

दर्शकको अत्याधिक माया पाएको साइली पात्रले चलचित्रको निर्माण गरेको हेमन्तले बताए । जीएच इन्टरटेन्मेन्ट प्रालीले निर्माण गरेको साइलीलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । चलचित्रमा कथा पनि उनकै छ ।

गौरव पहारी, मेनुका प्रधान, दयाहाङ राई, केनिपा सिङ, माओत्से गुरुङ, प्रकाश घिमिरे लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्रमा विशाल गुरुङ र मोहन राना मगरको पनि लगानी रहेको छ । चलचित्रको छाँयाकन पोखराको हेम्जा र घाचोकको रमणीय ठाँउहरुमा गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

Pic. Jukson.com

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ