काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव मन्त्री पदबाट हट्न सक्ने संकेत देखिएको छ । सरकारले कार्यसम्पादन मूल्यांकनमा कमजोर देखिएका मन्त्री परिवर्तन गरेर मन्त्रिपरिषद पुनर्गठनको गर्ने तयारी गरिरहेकाबेला मन्त्री यादवले आफू पनि पदबाट हट्न लागेको संकेत दिएका हुन् ।
मन्त्री पदबाट हटाउने तयारीपछि आफूलाई कर्मचारीले समेत टेर्न छोडेको मन्त्री यादवले गुनासो गरे। ‘म आज मन्त्री हुँ। सधैं त मन्त्री रहन्नँ नि। मन्त्री कर्मचारीजस्तो स्थायी जागिरे होइनन्’, उनले भने, ‘मन्त्रीहरु जाँदै छन् भनेर हल्ला हुँदा कुनै हाकिमले टेर्दैनन्। त्यसमध्ये म परेको हुँ। त्यस्तो अवस्था पनि छ।’
‘मलाई कति बेला के लाग्छ भने मन्त्री नभएर सांसद नै रहेको भए बढी काम गर्थें होला। मन्त्री भएपछि बोल्न पनि नपाइने। म पहिलेजस्तो मातृका छैन् ।’ उनले भने । यो सामाचार आजको नागरिक दैनिकमा छ ।
सम्बन्धित खबर
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
ठूलो सपना देख्दिनँ, आवधिक योजना बनाएर काम गर्छु : स्वास्थ्यमन्त्री पाठक
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते