२०७६ सालको दशैं असोज २१ गते, भाइटीका र गोवर्धन पूजा एकैदिन

२०७६ सालको दशैं असोज २१ गते, भाइटीका र गोवर्धन पूजा एकैदिन

dashain

काठमाडौं । २०७६ सालको दशैंको टीका असोज २१ गते परेको छ । तिहारको भाइटीका र गोवर्धन पूजा कात्तिक १२ गते एकैदिन परेको छ । २०७६ सालको तोयनाथ पञ्चाङ्ग पात्रो अनुसार साउन २० गते नागपञ्चमी र ३० गते रक्षा बन्धन अर्थात जनैपूर्णिमा छ ।

हरितालिका तीज भदौ २६ गते छ । यसैगरी असोज १२ गतेबाट नेपालीहरुको महान चाड बडा दशैं सुरु हुने छ । १८ गते शनिबारको दिन फूलपाती परेको छ । २१ गते मंगलबार टीका र २६ गते आइतबार कोजाग्रत पूर्णिमा छ ।

कात्तिक ८ गतेबाट दोस्रो ठूलो चाड तिहार सुरु हुने छ । कात्तिक ८ गते यमदीप दान गरेपछि ९ गते शनिबार काग तिहार, १० गते कुकुर तिहार, ११ गते लक्ष्मी पूजा परेको छ ।

कात्तिक १२ गते गोवद्र्धन पूजा र भाइटीका एकैदिन परेको छ । २०७६ सालमा गोवद्र्धन पूजा र भाइटीका जुधेको तोयनाथ पञ्चाङ्ग पात्रोका प्रकाशक सूर्यनाथ पन्तले बताए।

कतिबेला गोवद्र्धन पूजा गर्ने र कतिबेला भाइटीका लगाउने भन्ने कुरा पञ्चाङ्ग निर्णायक समितिले सार्वजनिक गर्ने उनले जानकारी दिए । छठ पर्व भने कात्तिक १६ गते परेको छ । यस्तै फागुन ९ गते महाशिवरात्री र २६ गते होली पूर्णिमा परेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

लोमान्थाङमा स्याउ खेती हुन थाल्यो
सुरु भयो पदयात्राको याम
एमाले नेता अर्जुनलाई मातृशोक
प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

ट्रेन्डिङ