यौन उत्पीडन गरेर भिडियो बनाउने यो ग्यांग

यौन उत्पीडन गरेर भिडियो बनाउने यो ग्यांग

rape_

एक युवती रोइरहेकी छिन् । चिच्याइरहेकी छिन् । उनी आफ्ना ‘प्रेमी’ र उनका साथीसँग  यौन उत्पीडन नगर्न अनुनय बिन्ती गरिरहेकी छिन् ।

यो भिडियो भारतीय सोसल मिडियामा तीब्र रुपमा फैलिरहेको छ र भारतको दक्षिण भारतीय राज्यमा ठूलो खबर बनेको छ । घटना तमिलनाडुको कोयंबटूर जिल्लो हो ।

यो पूरा घटनामा चार अभियुक्तको नाम सार्वजनिक भएको छ – वसन्त कुमार, सबरीश, सतिश र तिरुनावकरसु । तिरुनावकरसुलाई तमिलनाडुको मिडियामा मुख्य अभियुक्त बताइएको छ । यी चारै अभियुक्तलाई पुलिसले पक्राउ गरिसकेको छ ।

यी चारमाथि सोसल मिडियामार्फत् युवतीसँग साथी बन्ने र उनीहरुलाई सुनसान स्थानमा लगेर यौन उत्पीडनको भिडियो बनाउने गरेको र भिडियो सार्वजनिक गर्ने धम्की दिएर ब्ल्याकमेल गर्ने गरेको आरोप लागेको छ ।

पीडितको भिडियो सोसल मिडियामा सार्वजनिक भएपछि उनका भाइले पुलिस स्टेशनमा उजुरी दिएका थिए ।

गत फेब्रुअरी २४ मा पुलिसले मुद्दा दर्ता गरेको र २८ फेब्रुअरीमा तीन अभियुक्त वसन्त, सबरीश र सतिशलाई पक्राउ गरेको थियो । यद्यपी, मुख्य अभियुक्त तिरुनावकरसु पुलिसको नजरबाट बचिरहे तर मार्च ५ मा उनलाई पनि पक्राउ गरियो ।

पीडितको भाइमाथि हमलाः

घटनाको उजुरी दिएपछि पीडितका भाइलाई केही मानिसहरुले धम्की दिँदै हमला गरे । हमला गर्नेमध्ये तीन युवक वसन्त कुमार, सेन्तिल र नागराजलाई पनि पुलिसले पक्राउ गरेको छ ।

हमलाकर्तामध्ये एक नागराज तमिलनाडुको सत्ताधारी पार्टी एआइएडीएमकेसँग सम्बन्ध राख्ने भएकाले पार्टीले यो मामला हेरिरहेको आरोप लगाएका छन् ।

विवाद उठ्न थालेपछि एआइएमडीएमके मुख्यालयको तर्फबाट सोमबार एक वक्तव्य जारी गर्दै नागराजको नाम पार्टीबाट हटाइएको जानकारी दिएको छ ।

पुलिस के भनिरहेको छ ?

डिएसपी पण्ड्याराजनले मिडियासँगको कुराकानीमा राज्यले यो मामलामा कुनै दखल नदिएको जानकारी दिए ।

पुलिसका अनुसार उनीहरुले अभियुक्तबाट चार मोबाइल फोन जफत गरेका छन् जसमा चार महिलाको भिडियो छ ।

भिडियोमा देखिएका दुई युवतीको पहिचान भइसकेको छ । अन्य दुई युवतीको पहिचान भएपछि उनीहरुको बयान लिने कोसिस गरिने उनले बताए ।

यदि अन्य कोही पीडित छन् भने पनि उनीहरुलाई पुलिससँग सम्पर्क गर्न अपिल गरिएको छ ।यो समाचार ratopati बाट साभार गरिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

लोमान्थाङमा स्याउ खेती हुन थाल्यो
सुरु भयो पदयात्राको याम
एमाले नेता अर्जुनलाई मातृशोक
प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

ट्रेन्डिङ