भिडियो कलबाटै दुबईमा रहेका पतिसँग सम्बन्धविच्छेद

भिडियो कलबाटै दुबईमा रहेका पतिसँग सम्बन्धविच्छेद

images

काठमाडौं–नेपालगञ्ज उपमहानगरपालिका ८ की इस्मा खानले इमोबाट दुबईमा रहेका पतिलाई भिडियो कल गरिन् । कुराकानीका क्रममा श्रीमानसँग सामान्य भनाभन पनि भयो। भोलिपल्ट श्रीमानले भिडियो कल गरे । उनले एकैचोटी ‘तलाक, तलाक र तलाक’ भने । इस्मा अक्क न बक्क भइन ।

कुनै प्रतिक्रिया दिन सकिनन् । भिडियो बन्द भयो । भिडियो कलबाट श्रीमानले तीन पटक तलाक भनेकै भरमा ८ महिनाअघि ४ वर्षको सम्बन्ध टुट्यो । ३३ वर्षीया इस्मा अहिले मजदुरी गरेर छोरी हुर्काउँदै गरेको कान्तिपुरमा खबर  छ ।

नेपालगन्ज उपमहानगरपालिका ७ की ३० वर्षीय नाजिया कसघरको पनि समस्या उस्तै छ । श्रीमानले फोनमा तीन पटक तलाक भनेपछि सम्बन्ध विच्छेद भएको भन्दै उनी माइतमा बसेकी छन् ।

दाम्पत्य जीवनमा पूर्ण विराम लागेपछि शारीरिक रुपमाले अशक्त छोरो हुर्काउने जिम्मेवारी उनको काँधमा छ । यस्ता धेरै घटना सार्वजनक हुन थालेका छन् । इस्माले अदालतमा गएर झगडा गर्न आफूलाई मन नलागेपछि छुपचाप बसेको प्रतिक्रिया दिएकी छन् ।

त्यस्तै सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन गर्न रोजगारदाता हिचकिचाएको पाइएको छ । श्रमिक र रोजगारदाता दुवैको भलो हुने भन्दै सारै धेरै प्रचार गरिएको सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन गर्नेक्रममा रोजगारदाता हिचकिताएका छन् ।

देशभर ९ लाखभन्दा बढी रोजगारदाता रहेकोमा यो कार्यक्रम घोषणाको ४ महिना पुग्दा २१ सयको हाराहारीमा मात्र संस्थाहरु सहभागी भएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

लोमान्थाङमा स्याउ खेती हुन थाल्यो
सुरु भयो पदयात्राको याम
एमाले नेता अर्जुनलाई मातृशोक
प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

ट्रेन्डिङ