गोली चलाएर भएपनि विप्लवका कार्यकर्तालाई पक्राउ गर्न सरकारको निर्देशन

गोली चलाएर भएपनि विप्लवका कार्यकर्तालाई पक्राउ गर्न सरकारको निर्देशन

Police_Biplav

काठमाडौं– सरकारले नेत्रबिक्रम चन्द (विप्लव)का कार्यकर्तालाई अवस्थाअनुसार गोली हानेर पनि नियन्त्रणमा लिन सुरक्षा निकायलाई निर्देशन जारी गरेको छ ।

गृह मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखाले जिल्ला प्रशासन कार्यालयहरुलाई पत्र लेख्दै अवस्थाअनुसार घुँडामुनि लाग्ने गरी सुरक्षा निकायले गोली चलाउनसक्ने ‘अधिकार’ दिएको हो ।

‘कुनै व्यक्ति हतियारसहित देखिए, शंकास्पद गतिविधि गरिरहेको देखिए नियन्त्रणमा लिन भनिएको छ,’  सम्पर्कमा आएका एकजना प्रमुख जिल्ला अधिकारीले भने, ‘नियन्त्रणमा लिने अवस्थामा सुरक्षाकर्मीमाथि आक्रमण हुने अवस्थामा कम्मरमुनी लाग्नेगरी गोली चलाउन भनिएको छ ।’

ती प्रमुख जिल्ला अधिकारीका अनुसार सुरक्षाकर्मीले विप्लव समूहका कुनै कार्यकर्तालाई शंकास्पद बस्तु र हतियारसहित फेला पारे नियन्त्रणमा लिन गोली चलाउन सक्छन् ।

‘अहिले हामीले कर्ड एन्ड एरेस्ट (घेरा हालेर नियन्त्रणमा) लिने नीति अपनाइरहेका छौं,’ ती प्रमुख जिल्ला अधिकारीले भने, ‘यदि सुरक्षाकर्मीमाथि आक्रमण हुन्छ भने गोली पनि चलाउने आदेश दिइएको छ ।’ यो समाचार khabarhub बाट साभार गरिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

लोमान्थाङमा स्याउ खेती हुन थाल्यो
सुरु भयो पदयात्राको याम
एमाले नेता अर्जुनलाई मातृशोक
प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

ट्रेन्डिङ