काठमाडौं : सरकारले नेपाली सेनाका लागि गोलीगठ्ठा उत्पादन गर्ने प्लान्ट (एम्युनेसन) महँगोमा किन्ने भएको छ। यसअघि महँगो भएको भन्दै वर्तमान सरकारले नै यसको प्रक्रिया रोकेको थियो ।
तर फेरि त्यही मूल्यमा किन्न लागिएको छ। यस विषयमा लामो समयदेखि बिचौलियाको चासो रहँदै आएको छ।
कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारले चार अर्ब रुपयाँमा प्लान्ट किन्ने निर्णय गरेको थियो। प्रधानमन्त्री केपी ओलीले मूल्यभन्दा करिब डेढ अर्ब महँगोमा किन्न रोक्न निर्देशन दिएका थिए।
बीचमा अचानक रहस्यमय ढंगले प्रधानमन्त्रीको निर्देशन उल्लंघन गर्दै प्रक्रिया सुरु गरिएको छ। रक्षा मन्त्रालयले एलसी खोल्न दुई महिनाअघि अनुमति दियो। राष्ट्र बैंकले त्यसको फाइल रोक्यो।
गभर्नर चिरञ्जीवी नेपालको सक्रियतामा राष्ट्र बैंकले गत साता एलसी खोल्ने प्रक्रिया थालेको छ। यसमा केही मन्त्रीको समेत जोडबल रहेको स्रोतले जनायो।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम