छोरीको जन्मदिनमा धुर्मुस–सुन्तलीले गरे रङ्गशाला निर्माण गर्न एक लाख रुपैँया भन्दा बढि सहयोग

छोरीको जन्मदिनमा धुर्मुस–सुन्तलीले गरे रङ्गशाला निर्माण गर्न एक लाख रुपैँया भन्दा बढि सहयोग

dhurmus-suntali-subihani

चितवनको भरतपुरमा निर्माणाधिन ‘गौतम बुद्द अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि अभियन्ता तथा कलाकारद्धय सिताराम कट्टेल (धुर्मुस)र कुञ्जना घिमिरे (सुन्तली)ले आर्थिक सहयोगको घोषणा गरेका छन् ।

बिहीबार (आज) परेको छोरी सुबिहानीको जन्मदिनको अवसरमा यो जोडीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोगको घोषणा गरेको हो ।

सितारामले फेसबुकमा स्टाटस लेख्दै भनेका छन्,

‘हाम्री प्यारि छोरी सुबिहानी कट्टेलको आज परेको जन्मदिनको सु–अवसरमा हामी द्वय सिताराम कट्टेल र कुन्जना घिमिरेको तर्फबाट चितवनको भरतपुरमा निर्माणाधिन ‘गौतम बुद्द अन्तराष्ट्रीय क्रिकेट रङ्गशाला’ को सहयोगार्थ रु १, ११, १११ सहयोग घोषणा गर्दछौ !!

हाम्रा हरेक बिषेश अवसरलाई यसरि नै समाज सेवा र राष्ट्र निर्माणमा लगाउने हो भने यो देश हाम्रै पालामा बन्ने छ ।आउनुहोस यो महाअभियानमा मिलेर सहकार्य गरौ  ‘राष्ट्र निर्माण तपाई हाम्रो अभियान’ ।’

उनले यो महाअभियानमा सबै जना मिलेर राष्ट्र निर्माणमा लाग्न अनुरोध गरेका छन् । धुर्मुस–सुन्तली फाउण्डेसनले क्रिकेट रंगशाला निर्माणको काम गरिरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

लोमान्थाङमा स्याउ खेती हुन थाल्यो
सुरु भयो पदयात्राको याम
एमाले नेता अर्जुनलाई मातृशोक
प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

ट्रेन्डिङ