सभापति देउवाले भने : विप्लवलाई प्रतिबन्ध लगाएर सरकारले ठीक गर्‍यो

सभापति देउवाले भने : विप्लवलाई प्रतिबन्ध लगाएर सरकारले ठीक गर्‍यो

g.docx

विराटनगर : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले आतङ्ककारी गतिविधिमा संलग्न नेकपा विप्लव समूहलाई प्रतिबन्ध लगाउनु राम्रो कार्य भएको बताएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग बुधबार सङ्क्षिप्त कुरा गर्दै उनले सार्वजनिक-निजी सम्पत्ति तोडफोड र जनतामा त्रास फैल्याउने काम नियन्त्रण गर्न सरकारले गरेको कार्य उचित भएको प्रष्ट पारेका हुन् ।

पूर्वप्रधानमन्त्री देउवाले विखण्डनवादी सोचका सिके राउतलाई राष्ट्रिय राजनीतिमा ल्याउन र वर्तमान संविधानलाई स्वीकार्य गराउन गरिएको सरकारको सहमति राम्रो काम भएको बताए ।

उनले ११ बुँदे सम्झौतामा जनमत सङ्ग्रह गर्ने भन्ने सहमति भएको भए त्यो मुलुकको लागि दुर्भाग्य हुने उनको तर्क थियो ।

देउवाले सर्वोच्च अदालतबाट टीकापुर घटनाका दोषी रेशम चौधरीलाई सजायबाट निहत्था मारिएका जनताले न्याय पाएको बताउँदै वार्ताका लागि भनेर प्रहरीलाई हतियारबिना आउन बोलाइ बालकसहितको हत्या गर्नु अपराधी क्रियाकलाप भएको उल्लेख गरे ।

नेपाल एयरलाइन्सले खरिद गरेको वाइड बडी एयर बसमा भ्रष्टाचार भएकोबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग समय अभावले छलफल गर्न नसेकको देउवाले जवाफ दिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस सम्बन्धमा छानबिन सत्यतथ्य जनतासमक्ष ल्याउनुपर्नेमा उनले जोड दिएका छन् ।

यो समाचार अन्नपूर्णपोष्टकबाट साभार गरिएको हो । 

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

लोमान्थाङमा स्याउ खेती हुन थाल्यो
सुरु भयो पदयात्राको याम
एमाले नेता अर्जुनलाई मातृशोक
प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

ट्रेन्डिङ