भोजपुर : बालिकालाई बलात्कारपछि हत्या गरेको अभियोगमा एक युवकलाई जिल्ला अदालत भोजपुरले जन्मकैदको फैसला सुनाएको छ ।
अदालतले ११ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरेको अभियोगमा साल्पासिलिछो गाउँपालिका–५, दोभाने सालेवाका २० वर्षीय सञ्जय राईलाई जन्मकैदको सजाय सुनाएको हो ।
जिल्ला न्यायाधीश हरिश्चन्द्र ईङ्नामको एकल ईजलासले राईलाई जबरजस्ती करणी उद्योगमा ८ वर्ष र ज्यान मारेको अभियोगमा जन्मकैदको फैसला सुनाएको हो ।
अदालतको फैसलाले मृतक बालिकाको परिवारलाई अभियुक्त राईबाट एकलाख क्षतिपूर्ति दिने निर्णय ठहर गर्दै जन्मकैदको फैसला सुनाएको जिल्ला अदालत भोजपुरका निमित्त श्रेस्तेदार नवीन कोइरालाले जानकारी दिए ।
पीडक राईले गत भदौ १० गते बेलुका मोबाइलमा फिल्म हेर्दै सुतेकी ११ वर्षीया बालिकालाई बलात्कार गरेपछि आमाबुवालाई सुनाइदिने डरले घाँटी थिचेर हत्या गरेका थिए ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम