विप्लवको बन्द : सहरमा बम आतंक, ठाउँ ठाउँमा आगजनी, कहाँ के भयो?

विप्लवको बन्द : सहरमा बम आतंक, ठाउँ ठाउँमा आगजनी, कहाँ के भयो?

bihe-bus-aagjani

काठमाडौँ : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको बन्दको असर देशभर देखिएको छ । कडा सुरक्षा गरिएको संघीय राजधानी काठमाडौँमा बन्दको आंशिक प्रभाव परे पनि देशका अधिकांश भागमा बन्दले यातायात र बजार ठप्प भएका छन् ।

सरकारले आफ्ना गतिविधिमा प्रतिबन्ध लगाएसँगै विप्लवका कार्यकर्ताले बुधबार रातिदेखि नै राजधानीसहित देशका विभिन्न सहरमा बम आतंक सुरु गरेका थिए ।

बन्दअघि बुधबार राति काठमाडौँ र देशका विभिन्न स्थानमा राँके जुलुस पनि निकालिएको थियो । सरकारले प्रतिबन्ध लगाएपछि प्रतिक्रिया जनाउँदै महासचिव विप्लवले केपी–बादल कम्पनीलाई उचित जवाफ दिन आफूहरु तयार रहेको बताएका थिए ।

कहाँ के भयो ?

विप्लवका कार्यकर्ताले बन्दका क्रममा बिहीबार बिहानै देशका विभिन्न स्थानमा सवारी साधन जलाएका छन् । देशका विभिन्न सडक र सहरमा बम राखिँदा सर्वसाधरण त्रसित भएका छन् ।

ठाउँ ठाउँमा बम राखिएपछि नेपाल प्रहरीको बम डिस्पोजल टोलीको पनि व्यस्तता बढेको छ ।

नवलपरासीमा दुई ट्रकमा आगजनी​

पूर्वपश्चिम राजमार्गस्थित पश्चिम नवलपरासीको बासाबसहीमा गएराती दुई ट्रकमा आगजनी गरिएको छ। ८/१० जनाको समूहमा आएका अज्ञात व्यक्तिले आगजनी गरेका हुन्। काठमाडौबाट धनगढीका लागी बासाबसही नजिक रहेको स्टिल कम्पनीमा रड लिन आएका ट्रक खाली रहेको प्रहरीले जनाएको छ।

आगलागीबाट ट्रकका टायर पछाडिको भागमा क्षति पुगेको छ। बन्दको पूर्वसन्ध्यामा गरेको आगजनी विप्लव समूहले गरेको आशंका प्रहरीको छ।

यसैबीच विप्लव समहुको नेकपा जनपरिषद्को नामबाट पाल्हीनन्दन गाउँपालिका -६ पडरीमा रहेको ३४ विगाहा जमिनमा झण्डा गाडिएको छ।  उक्त जग्गा एक व्यक्तिको नाममा थियो।

स्थानीय जनतालाई वर्षौदेखि जोतभोग गर्न दिएको जग्गा थाहा नदिई जालसाक्षी गरेर बिक्री गरेको भन्दै झण्डा गाडेर कब्जामा लिइएको जनपरिषद्का एक जिल्ला नेताले बताएका छन्।

यता पूर्वी नवलपरासीको राजमार्गमा पर्ने  जयश्री पुलमा त्रसित बनाउन राखिएको शंकास्पद वस्तु सुरक्षाकर्मीले हटाएको छ। शंकास्पद वस्तु राखेपछि सवारीसाधनलाई वैकल्पिक बाटोबाट आवत जावतको व्यवस्था मिलाईएको थियो। बोराभित्र राखिएको उक्त वस्तुमा खाली टिन र ब्याट्री रहेको सुरक्षा निकायले जजाएको छ।
विप्लव समूहको बन्दको प्रभाव पूर्वी र पश्चिम नवलपरासीमा पनि परेको छ।

राजमार्गमा नक्कली बम 

पूर्वी नवलपरासीको राजमार्गमा पर्ने  जयश्री पुलमा त्रसित बनाउन राखिएको शंकास्पद वस्तु सुरक्षाकर्मीले हटाएका छन् । शंकास्पद वस्तु राखेपछि सवारीसाधनलाई वैकल्पिक बाटोबाट आवत जावतको व्यवस्था मिलाइएको थियो ।

बोराभित्र राखिएको उक्त वस्तुमा खाली टिन र व्याट्री रहेको सुरक्षा निकायले जनाएको छ । अरुणखोला बाट आएको नेपाली सेनाको बम डिस्पोजल टोलीले बाल्टीमा जुटको बोराले बेरेर माटो र तार राखेर बनाएको शंकास्पद बस्तु विहान ८ बजे हटाएको हो ।

बिहीबार राति १२ बजेदेखि अस्तव्यस्त राजमार्गमा सवारी साधन दुईतर्फी सुचारु भएका छन्। विप्लव समूहको बन्को  प्रभाव पूर्वी र पश्चिम नवलपरासीमा पनि परेको छ ।

मकवानपुरमा पनि जलाइयो

थाहा नगरपालिका–४ नयागाउँमा ट्रकमा अज्ञात समूहले आगजनी गरेको छ । काठमाडौंबाट हेटौंडातर्फ आइरहेको ना ५ ख ७४११ नम्बर ट्रकमा गएराति करिब एक बजेको समयमा अज्ञात समुहले आगजनी गरेको मकवानपुर प्रहरी प्रमुख एसपी मुकेश सिंहले बताए ।

पालुङ र दामनको जंगलबीच नयाँ गाउँमा ट्रकलाई रोकी घरेलु हतियार देखाएर ४–५ जनाको समूहले पेट्रोल खन्याएर अगजनी गरेको चालकलाई उदृत गर्दै मकवानपुर प्रहरीले जनाएको छ ।

ट्रकमा चालक, सहचालकसहित तीन जना सवार थिए । अगजनीबाट ट्रकको टेलरमा क्षति भएको छ एसपी सिंहले जानकारी दिए । ‘विप्लव नेतृत्वको नेकपाले नेपाल बन्द सफल पार्ने नाममा त्रास सिर्जना गराउन आगजनी गरेको हुनसक्ने हाम्रो अनुमान छ’, उनले भने, ‘जिल्लाको अन्य स्थानहरुमा भने दैनिकी सामान्य रहेको छ ।’

कैलालीमा विवाहको गाडीमा आगजनी, विप्लवका तीनजना पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीको बन्दको सुदूरपश्चिममा आंशिक प्रभाव परेको छ । सुदूरपश्चिमको राजधानी धनगढी बजारमा मोटरसाईकल, ईरिक्सा र चार पांग्रे सवारी साधन चलिरहेका छन् भने अधिकांस बजार बन्द रहेको छ ।

बुधबार बेलुकी भजनीबाट आईरहेको विवाहको गाडीमा मसुरिया र राजीपुरकोबीच जंगलमा आगो लगाई दिएको छ । म १ ख ४४१ नम्बरको विवाहको गाडिमा आगो लगाईएको हो । आज बिहान पहाडि जिल्लाबाट धनगढीतिर आईरहेका सार्वजनिक सवारी साधन रोकिरहेका विप्लव समूहका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ  ।

कैलालीका प्रहरी उपरीक्षक आभुषण तिम्सिनाले गोदावरी नजिकबाट तीन जना नियन्त्रणमा लिएको जानकारी दिए । उनले सवारी साधनलाई प्रहरीले स्कटीङ गरेर गन्तव्यमा पठाईरहेको बताए । तर धनगढीबाट चल्ने सार्वजनिक यातायात भने पूरै  बन्द छ । सुदूरपश्चिम यातायात, मालिका यातायात र कर्णाली यातायातले देशको पुर्वी र पहाडि क्षेत्रको यातायात बन्द भएको जनाएको छ ।

बुटवलमा बम 

नेपाल बन्दको आह्वान गरेको नेत्रविक्रम चन्द ’विप्लव’ समूहले बुटवलको कालिकानगरमा राखेको बम डिष्पोज गरिएको छ। कालिकाचोकको डिभाइडरमाथि बम राखिएको थियो । बन्द सफल बनाउन राखिएको बम सक्कली नै भएपछि नेपाली सेनाको टोलीले बम डिस्पोज गरेको हो । बम राखिएपछि सिद्धार्थराजमार्गमा चलिरहेका निजी यातायातका साधनसमेत रोकिएका छन् ।

बन्दले रुपन्देहीको जनजीवन प्रभावित बनाएको छ । सार्वजनिक साधन चलेका छैनन् । विप्लवका कार्यकर्ता सडकमा नदेखिएपनि यातायात, पसल, उद्योग कलकारखाना, शैक्षिक संस्था बन्द भएका छन् । रुपन्देहीका स्थानीय तहले कक्षा ८ को वार्षिक परीक्षासमेत स्थगित गरेका छन् ।

प्युठानमा बम 

प्युठानको स्वर्गद्वारी नगरपालिकाको कार्यालय अगाडि बम भेटिएको छ । खतरा लेखेर कागज र प्लास्टिकले बेरेको अवस्थामा उक्त बम भेटिएको हो । बम भेटिएपछि त्यहाँ सुरक्षाकर्मीलाई बोलाइएको छ।

गोरखा बजारमा बम 

गोरखा बजार क्षेत्रको भिआईपी टोल र १२ किलो भन्ने स्थानमा मा शक्तिशाली प्रेरकुकर बम फेला परेको छ । फेला परेको बम नेपाली सेनाको टोलीले निष्कृय पारेको छ ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक भोलाबहादुर रावलले दिएको जानकारी अनुसार बिहीबार बिहान १२ किलोमा फेला परेको बम सामान्य भएको भन्दै प्रहरीले जंगलमा फालिदिएको छ ।

तर गोरखा बजार क्षेत्रमा फेला परेको बम मानव बस्तीमा भएको हुनाले नेपाली सेनाको बम डिस्पोजल टोली घटना स्थलमा पुगेर निष्कृय पारेको हो । मुख्य सडकसँगै राखिएको उक्त बमका कारण वरपर रहेका वस्तीका सर्वसाधारण त्रसित भएका छन् ।

हेटौँडामा शंकास्पद बस्तु

उत्तरी मकवानपुरको थाहा नगरपालिका ४ नयागाउँमा ट्रकमा अज्ञात समूहले आगजनी गरेको छ । काठमाडौंबाट हेटौंडातर्फ आइरहेको ना ५ ख ७४११ नम्बर ट्रकमा गएराति करिब एक बजेको समयमा अज्ञात समुहले आगजनी गरेको मकवानपुर प्रहरी प्रमुख एसपी मुकेश सिंहले बताए ।

पालुङ र दामनको जंगलबीच नयाँगाउँमा ट्रकलाई रोकी घरेलु हतियार देखाएर ४–५ जनाको समूहले पेट्रोल खन्याएर आगजनी गरेको चालकलाई उदृत गर्दै मकवानपुर प्रहरीले जनाएको छ । ट्रकमा चालक, सहचालकसहित तीन जना सवार थिए । आगजनीबाट ट्रकको टेलरमा क्षति भएको एसपी सिंहले जानकारी दिए ।

बाजुराका दुई ठाउँमा श‌ंकास्पद बस्तु

 बाजुरा जिल्लाको २ स्थानमा शंकास्पद वस्तु फेला परेको छ। साफे मार्तडी सडकखण्ड अन्तरगत बुढीगंगा नगरपालिका १० मा पर्ने डाब बजारमा र बल्देमा शंकास्पद वस्तु भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ। नेकपा विप्लवले आज नेपाल बन्दको घोषणा गरेको छ।

बन्दमा त्रास देखाउनका लागि उक्त वस्तु सडकमा राखेको हुनसक्ने  जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक उद्धप सिंह भाटले बताए। प्रहरी नायब उपरीक्षक भाटले  भने,‘कपडामा बेरेको बम जस्तो देखिने सामान सडकको बीचमा राखेको भन्ने खबर छ। म आफैँ घटना स्थलमा जाँदै छु।’

विप्लव नेतृत्वको नेकपाले गरेको बन्दले बाजुरा जिल्लामा चल्ने साना तथा ठुला सवारी साधन आज बिहान देखि ठप्प भएका छन्। बन्दका कारण सुदूरपश्चिमका नौ वटै जिल्लाबाट बिहान छुट्ने यातायातका कुनैपनि साधन नछुटेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख केदार रजौलेले बिहान यातायातका साधन नछुटेपनि रात्रि बसहरुलाई स्कर्टिङ गरेर गन्तव्यतर्फ पठाइरहेको जानकारी दिए। यस्तै बिहान सञचालन हुने अधिकांश क्याम्पस पनि नचलेको प्रहरीले जनाएको छ। बन्दलाई लक्षित गरेर सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ।

अदालत अगाडि शंकास्पद वस्तु फेला, बम भएको आशंका 

रुकुम पूर्वको जिल्ला अदालत अगाडि शंकास्पद वस्तु फेला परेको छ । अदालतको २०० मिटर अगाडि पोलिथिनमा पोको पारेको अवस्थामा उक्त शंकास्पद वस्तु फेला परेको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिए । उक्त वस्तु बम भएको स्थानीयले आशंका गरेका छन् । तर यसको पुष्टि भइनसकेको प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।

‘अदालत अगाडि पोलिथिनमा बेरिएको अवस्थामा शंकास्पद वस्तु फेला परेको छ, उनले भने–तर यसको पुष्टि भैसकेको छैन् ।’ सेनाले उक्त वस्तु के हो भनेर पत्ता लगाउने काम भइरहेको बताईएको छ । अहिले शंकास्पद वस्तु रहेको ठाउँमा प्रहरी, नेपाली सेनासहितको सुरक्षाकर्मीको टोली पुगेको छ ।

त्यस्तै रुकुम पूर्वको सिस्ने गाउँपालिका ५ दौलापैरामा पनि शंकास्पद वस्तु फेला परेको बताईएको छ । तर यस विषयमा भने कुनै जानकारी नभएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए । आज विप्लव नेतृत्वको नेकपाले नेपाल बन्द गरेको र उसैले त्रास फैलाउनका लागि उक्तवस्तु राखेको हुनसक्ने आशंका छ। नेकपाले पनि यस विषयमा खुलेर प्रतिक्रिया दिएको छैन ।

कैलालीमा विवाहको गाडीमा आगजनी, विप्लवका तीनजना पक्राउ

धनगढी : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीको बन्दको सुदूरपश्चिममा आंशिक प्रभाव परेको छ । सुदूरपश्चिमको राजधानी धनगढी बजारमा मोटरसाईकल, ईरिक्सा र चार पांग्रे सवारी साधन चलिरहेका छन् भने अधिकांस बजार बन्द रहेको छ ।

बुधबार बेलुकी भजनीबाट आईरहेको विवाहको गाडीमा मसुरिया र राजीपुरकोबीच जंगलमा आगो लगाई दिएको    छ । म १ ख ४४१ नम्बरको विवाहको गाडिमा आगो लगाईएको हो । आज बिहान पहाडि जिल्लाबाट धनगढीतिर आईरहेका सार्वजनिक सवारी साधन रोकिरहेका विप्लव समूहका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ  ।

यो समाचार अन्नपूर्णपोष्टकबाट साभार गरिएको हो । 

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

लोमान्थाङमा स्याउ खेती हुन थाल्यो
सुरु भयो पदयात्राको याम
एमाले नेता अर्जुनलाई मातृशोक
प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

ट्रेन्डिङ