पोखराको दुई ठाउँमा शंकास्पद वस्तु भेटियो

पोखराको दुई ठाउँमा शंकास्पद वस्तु भेटियो

bom_pokhara_

पोखरा : पोखराको सभागृह चोकमा रहेको ट्राफिक बिटमा शंकास्पद बस्तु भेटिएको छ। उक्त वस्तु बम भएको आशंका गरिएकाले नेपाली सेनाले डिस्पोजल टोली त्यहाँ पुगेको छ।

सिर्जनाचोक र पृथ्वीचोकमा आवतजावतमा रोक लगाइएको छ। उक्त शंकास्पद वस्तु विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले राखेको प्रहरीको अनुमान छ। नेकपाले बिहीबार नेपाल बन्दको आह्वान समेत गरेको छ।

पोखराको सभागृह चोकमा रहेको ट्राफिकबिटमा भेटिएको शंकास्पद बस्तु नेपाली सेनाको टोलीले डिस्पोजल गरेको छ ।

त्यसैगरी पोखराको लेखनाथ स्थित भन्डारढिकमा पनि  सकेटबम जस्तो शंकास्पद वस्तु भेटिएको छ । अहिले घटनास्थलमा डाँडाकोनाक प्रहरी चौकीबाट सुरक्षाकर्मी खटिएका छन् भने नेपाली सेनाको बम डिस्पोजल टोली त्यसतर्फ जाँदै छ ।

बम आशंका गरिएको उक्त बस्तु राती विप्लब नेतृत्वको माओवादीले राखेको अनुमान प्रहरीले गरेको छ । आज विप्लब नेतृत्वको माओवादीले नेपाल बन्दको आह्वान समेत गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

लोमान्थाङमा स्याउ खेती हुन थाल्यो
सुरु भयो पदयात्राको याम
एमाले नेता अर्जुनलाई मातृशोक
प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

ट्रेन्डिङ