निर्मला हत्याकाण्ड : थुनछेक बहस सकियो

निर्मला हत्याकाण्ड : थुनछेक बहस सकियो

nirmala-pant-

file photo

कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टसहित आठ जना प्रहरीविरुद्ध दर्ता भएको ‘यातना र सार्वजनिक न्याय’काे मुद्दामा बुधबार कञ्चनपुर जिल्ला अदालतमा थुनछेक बहस सकिएको छ ।

वादी, प्रतिवादी र एमिकस क्यूरीका कानुन व्यवसायीले जिल्ला न्यायाधीश डा. राजेन्द्र प्रसाद आचार्यको इजलासमा दुई दिन बहस गरेका थिए । जिल्ला आदालत कञ्चनपुरका श्रेष्तेदार हरिकृष्ण अवस्थीले थुनछेक बहस सकिए पनि आदेश नभएको जानकारी दिए ।

निर्मलाकी आमा दुर्गादेवि पन्तले तत्तकालीन कञ्चनपुरका प्रहरी उपरीक्षक विष्ट, सिआइबीका प्रहरी नायब उपरीक्षक अंगुर जिसी, प्रहरी निरीक्षकद्वय एकेन्द्र खडका, जगदीश भट्ट, प्रहरी नायब निरीक्षकद्वय हरसिंह धामी, रामसिंह धामी र प्रहरी जवान चाँदनी साउदलाई सार्वजनिक न्यायविरुद्धको कसुरमा मुद्दा दायर गरेकी थिइन् । कसुर स्वीकार्न लगाएका दिलिपसिंह विष्टका दाजु खडक सिंह विष्टले यातना कसुरसम्बन्धि मुद्दा दायर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पूर्व एसपी विष्ट र सिआइबीका डिएसपी जिसीबाहेक सबै प्रहरी अधिकृत कर्मचारी प्रहरीले नियन्त्रणमा लिएर अदालतमा पेश गरेको छ । श्रेष्तेदार अवस्थीले विष्ट र जिसीका नाममा ३५ दिनभित्र आदालतमा उपस्थित हुन पत्र काटेको बताए । कञ्चनपुरका प्रहरी प्रवक्ता कृष्णराज ओझाले पूर्व डिएसपी सेठी, इन्सपेक्टरद्वय खडका र भट्ट, सइद्वय हरसिंह र रामसिंह, प्रहरी जवान साउद प्रहरी नियन्त्रणमा छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ