मलेसियामा अलपत्र परेका २३ नेपालीको उद्दार गरि स्वदेश पठाइयो

मलेसियामा अलपत्र परेका २३ नेपालीको उद्दार गरि स्वदेश पठाइयो

malysia

मलेसिया– रोजगारीको शिलशिलामा मलेसिया पुगेर अलपत्र परि घर फिर्ती केन्द्रमा रहेका २३ जना नेपाली कामदारको मलेसियास्थित नेपाली राजदूतावासले उद्दार गरेको छ । उद्धार गरिएका नेपालीलाई नेपाल पठाइएको  छ ।

नेपाली राजदूतावासको प्रयासमा सिमोनिया, बुकिट जलिल र सेपांग घर फिर्ती केन्द्रमा रहेका, हवाई टिकटको खर्च व्यहोर्न नसकी अलपत्र परेका २३ जना नेपाली नागरिकहरुलाई स्वदेश फिर्ता गरिएको हो ।

फागुन महिनाको १६ गते १ जना, २१ गते ४ जना र २८ गते १८ जनालाई नेपाल फिर्ता पठाइएको दूतावासले जनाएको छ ।

नेपाली राजदूतावासले फाल्गुन महिनामा विभिन्न घरफिर्ती केन्द्रहरुमा रहेका नेपालीहरुलाई उद्दार गर्ने उद्देश्यले भेटघाट गरेर जानकारी लिएको दूतावासले जनाएको छ ।

लामो समयसम्म घरफिर्ती केन्द्रमा रहँदा शारीरिक तथा मानसिक समस्या देखिने हुँदा राजदूतावासले यथाशीघ्र उद्दार गर्न जरुरी देखि दूतावासबाट एकतर्फी हवाई टिकट उपलब्ध गराए स्वदेश फर्काएको हो ।

अलपत्र परेका नेपालीहरुलाई घर फिर्ता पठाउने अभियान निरन्तर रुपमा जारी राख्ने दूतावासले जनाएको छ

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ