मेची–महाकाली स्वाभिमान यात्रा लिएर पोखरा आएका अध्यक्ष थापाले भने : लोकतन्त्रको नाममा लुटतन्त्र आयो

मेची–महाकाली स्वाभिमान यात्रा लिएर पोखरा आएका अध्यक्ष थापाले भने : लोकतन्त्रको नाममा लुटतन्त्र आयो

Mechi-Mahakali

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीको मेची–महाकाली स्वाभिमान यात्रा लिएर अध्यक्ष कमल थापा पोखरा आएका छन् । फागुनको १५ गते पुर्वको ताप्लेजुङ जिल्लाको पाथीभरा मन्दिरबाट शुरु गरिएको यो यात्रा पश्चिम महाकालीको कञ्चनपुर हुँदै पोखरा आई पुगेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष कमल थापाले हिन्दू राष्ट्र कायम गर्न र लोकतन्त्रसहितको राजसंस्था स्थापना गर्नका लागि आफ्नो पार्टीले स्वाभिमान यात्रा थालेको प्रस्टाए । सो यात्राले गाउँघर ब्युँझने र जनताहरु जागरुक हुने थापाले विश्वास व्यक्त गरेका छन् ।
‘विदेशीहरुको दवावमा परेर राजनीतिक दलका नेतृत्वले हिन्दू धर्मको वेवास्ता र राजसंस्थालाई विस्थापित गरेका छन् ।’ उनले भने ।
उनले १२ वर्षे राजनीतिक अभ्यासमा राष्ट्रिय विखण्डन, गरिवी र बेरोजगारी समस्या, लोकतन्त्रको नाममा लुटतन्त्र, धर्म र संस्कृतिमाथि प्रहार, सर्वसत्तावादी सोंच र पुनः माओवादी शक्तिको उदय गराएको उल्लेख गरे ।

‘माओवादीलाई शान्तिको मूलधारमा ल्याउने वहानामा मुलुकबाट राजसंस्था र हिन्दू राष्ट्र खोसिएको छ,’ उनले भने, ‘देश हिन्दू राष्ट्र बन्नुपर्छ । राजसंस्थालाई कायम राख्नुपर्छ ।’

‘स्वाभिमान कुनै दल विशेष र धर्मको विरोधमा होइन,’ उनले भने, पार्टीले उठाएको एजेण्डालाई स्थापना गर्नका लागि हो । धर्म निरपेक्ष होइन, सापेक्ष बन्नुपर्छ । देशमा सापेक्ष हिन्दू राष्ट्र कायम हुनुपर्छ । धर्म निरपेक्षताले द्धन्द्ध निम्त्याउँछ ।’ अर्का नेता राजेन्द्र लिङ्देनले राष्ट्रिय पहिचानलाई राज्यले बचाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ