३० गते विप्लव माओवादीको बन्द : पोखरा महानगरमा हुने कक्षा ८ को परीक्षा स्थगित

३० गते विप्लव माओवादीको बन्द : पोखरा महानगरमा हुने कक्षा ८ को परीक्षा स्थगित

biplap

पोखरा । सोमबारदेखि सुरु भएको पोखरा महानगर स्तरीय कक्षा ८ को पेशा व्यवसाय र प्रविधि बिषयको परीक्षा स्थगित गरिएको छ । फागुन ३० गते निर्धा्रित उक्त परीक्षाको दिन विप्लव माओवादीले बन्दको घोषणा गरेकाले परिक्षा स्थगित गरिएको हो ।

नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाले घोषणा गरेको नेपाल बन्दका कारण परीक्षा सरेको स्पस्ट पार्दै महानगरस्तरीय परिक्षा समितिले एक सूचना जारी गरेको छ ।

‘पूर्वघोषित नेपाल बन्दका कारणले परीक्षा सार्ने निर्णय भएको हो’, शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले भने ‘महानगर अन्तर्गतका विभिन्न विद्यालयहरुको चासो र सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको हो ।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
जम्न थाले मनाङका नदी र ताल
पत्रकार आरजु विष्ट सल्यानी सम्मानित

ट्रेन्डिङ


This will close in 3 seconds