‘श्रीमानको कुटाइबाट श्रीमतीको शरीरभरि चोटैचोट’

‘श्रीमानको कुटाइबाट श्रीमतीको शरीरभरि चोटैचोट’

kutpit_

ओखलढुंगा । ओखलढुंगामा श्रीमानको कुटाइबाट श्रीमती सख्त घाइते भएकी छिन् । मानेभज्याङ गाउँपालिका–१ मोलीका २७ वर्षीय भविमान सिंह रुम्दालीको कुटाइबाट उनका श्रीमती २९ वर्षीया निर्मला राई  सख्त घाइते भएकी हुन् ।

आइतबार बेलुका मादकपदार्थ सेवन गरी आएका रुम्दालीले सामान्य घरायसी विवाद हुँदा श्रीमतीलाई मराणासन्न हुनेगरी कुटपिट गरेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले बताए ।

श्रीमानको कुटाइबाट निर्मलाको हात, अनुहार, ढाड तथा खुट्टामा गहिरो चोट लागेको छ । उनको हाल ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार भैरहेकाले उनको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक श्रेष्ठको भनाई छ । यो समाचार रातोपाटीमा प्रकाशित भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ