रामचन्द्र भन्छन्– ‘प्रधानमन्त्रीले वाइडबडीमा रविन्द्र निर्दोष छन् भन्नु ढाकछोप गर्ने प्रपञ्च’

रामचन्द्र भन्छन्– ‘प्रधानमन्त्रीले वाइडबडीमा रविन्द्र निर्दोष छन् भन्नु ढाकछोप गर्ने प्रपञ्च’

Ramchandra Paudel

बुटवल । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाइडवडी काण्डमा तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारी निर्दाेष रहेको भन्ने प्रधानमन्त्रीको भनाइप्रति आपत्ति जनाएका छन् ।

अख्तियारलाई समेत चुनौती दिने गरी प्रधानमन्त्रीबाट आएको अभिव्यक्ती ढाक छोप गर्ने प्रपञ्च भएको दाबी नेता पौडेलको जिकिर छ । प्रेस युनियन, रुपन्देहीले बुटवलमा मंगलबार गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले आधिकारिक रुपमा छानविन गर्नुपर्नेमा सरकार दूधको साक्षी बिरालो जस्तै बनेको बताए ।

उनले छानबिन समितिले सत्यतथ्य बाहिर ल्याउनेमा पनि शंका व्यक्त गरे । ‘छानविन आयोगभन्दा पनि ढाकछोप आयोग बनाएर पर्दा हाल्ने काम मात्रै भएको छ’, निष्पक्ष छानबिनमाथि शंका व्यक्त गर्दै पौडेलले भने ।

उनले सीके राउतसँगको सम्झौताले राष्ट्रिय अखण्डतामाथि नै प्रहार गरेको टिप्पणी गरेका छन् । सम्झौतामाथि अनेक प्रश्न उठिरहेका बेला नेता पौडेलले सरकारको नियतमाथि नै प्रश्न उठाए ।

‘सरकारले सिके राउतसँग गरेको ११ बुँदे समझदारी अपरिपक्व छ’, भने, ‘सिकेसँग गलत सम्झौता गरेर सरकार आफैंले देशको अखण्डतामाथि प्रहार गरेको छ ।’ पृथकतावादी आन्दोलन सकिएको भनेर प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको पनि नेता पौडेलले आलोचना गरे । ‘प्रधानमन्त्रीले पृथकतावादी आन्दोलन सकियो भन्नु दुश्प्रचार हो’, नेता पौडेलले भने ।

कार्यक्रममा उनले सरकारको मूल्यांकन गर्न पनि भ्याए । सुनकाण्डदेखि चिनी काण्डसम्मका उदाहरण प्रस्तुत गर्दै उनले यसलाई भ्रष्टाचार मौलाएको प्रमाणका रुपमा प्रस्तुत गरे । विप्लव नेकपालाई बेलैमा सम्बोधन गर्नुको विकल्प नभएको भन्दै उनले अबिलम्ब वार्तामा बोलाउन माग गरे । ‘सर्पको खुट्टा सर्पले देख्छ, अबिलम्ब विप्लवजीसँग वार्ता गर।’

कांग्रेसमा विद्यमान गुटगत राजनीतिप्रति चिन्ता व्यक्त गर्दै उनले त्इसबाट माथि उठ्न सबैलाई आग्रह गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ