कञ्जनपुर – निर्मला हत्या प्रकरणमा प्रमाण नष्ट गरेको र यातना दिएको अभियोगमा परेका दुई मुद्दाउपर डिएसपीसहित ६ प्रहरीको कञ्चनपुर जिल्ला अदालतमा बयान लिने काम सकिएको छ । सो मुद्दामा बयान सकिएलगत्तै सोमबारदेखि बहस सुरु भएको छ ।
सम्पर्कविहिन रहेका तत्कालीन एस पी डिल्ली विष्ट र सिआईवीका डिएसपी अंगुर जिसीका नाममा अदालतले उपस्थित हुन वारेन्टीसहितको सूचना जारी गरेको छ । यो समाचार आजको नागरिक दैनिकमा दिलबहादुर छत्यालले लेखेका छन् ।
कञ्चनपुरमा तत्कालीन प्रहरी प्रमुख एसपी डिल्ली विष्टसहित आठ जनाविरुद्ध सरकारी वकिलको कार्यालयबाट गत बुधबार कञ्चनपुर जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।
बिहिबार विहान न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलाशमा भएको प्रारम्भिक सुनुवाइमा मुद्दा अघि बढाउने आदेश भएको थियो । डिएसपी ज्ञानबहादुर सेठीलगायत ६ प्रहरीको बिहिबारदेखि नै अदालतमा बयान लिन सुरु गरिएको थियो
सम्बन्धित खबर
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
११ एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
खोला किनारामा २० मिटर मापदण्डको फैसला सर्वोच्चले पुनरावलोकन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते