सरकार नै टेर्दैन संसदका निर्देशन, छाउठोठका नाममा ४० लाख स्वाहा !

सरकार नै टेर्दैन संसदका निर्देशन, छाउठोठका नाममा ४० लाख स्वाहा !

xaupadi

काठमाडौं–मुलुकका विभिन्न क्षेत्रमा आएका विकृति विसंगतिका साथै जनसरोकारका विषयमा संसदका निर्देशनलाई सरकारले वेवास्था गर्दै आएको राजधानी दैनिकमा खबर छ ।

संसदका विभिन्न समितिले जनचासो तथा जनसरोकारका विषयमा सरकारलाई निर्देशन दिँदै आएपनि उक्त निर्देशनलाई सरकारले वास्ता नै गरेको छैन् ।

पश्चिम नेपालमा कुरीतिका रुपमा रहेको छाउपडी प्रथा उन्मूलनको उद्देश्यले जनचेतना जगाउने नाममा ४० लाख रुपैयाँ सकिएको छ । संयुक्त राष्ट्रसंघीय महिलासम्बन्धी कार्यक्रमले दिएको ४० लाख रुपैयाँ गोदावरी भिलेज रिसोर्टलगायतका तारे होटलमा सेमिनार गरेर सकिएको छ ।

लक्षित वर्गका लागि आएको यो बजेट राष्ट्रिय महिला आयोगकी सदस्य मोहना अन्सारीको एकल प्रस्तावमा यूएन वुमेनले दिएको हो ।

त्यस्तै अब एनजीओ र आईएनजीओ गृहमन्त्रालयको मातहतमा रहने, राष्ट्रिय अखण्डताबारे जनमत हुन नसक्ने प्रधानमन्त्रीले प्रष्टोक्तीलगायतका खबर प्राथमकिताका साथ छापिएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ