रोट्रयाक्ट क्लब अफ दमौलीको “रोटा सप्ताह” सुरु: हप्ताभरि विभिन्न कार्यक्रम हुने

रोट्रयाक्ट क्लब अफ दमौलीको “रोटा सप्ताह” सुरु: हप्ताभरि विभिन्न कार्यक्रम हुने

received_2008664642769243

तनहुँ । रोट्रयाक्ट क्लब अफ दमौलीको “रोटा सप्ताह” सोमबारदेखि सुरु भएको छ ।

क्लबले एक हप्ता सम्म विभिन्न कार्यक्रम गरि सप्ताह मनाउने कार्यक्रमका मुख्य संयोजक विशाल श्रेष्ठले जानकारी दिए ।

क्लबले फागुन २७ गतेदेखि चैत २ गते सम्म विभिन्न कार्यक्रम गर्ने भएको छ ।

जस अन्तरगत क्लबले पहिलो दिन सोमबार सप्ताहको उद्घाटन तथा रोट्रयाक्टको बारेमा ज्ञानगंगाका विद्यार्थीहरु लाई जानकारी गराइएको थियो ।

रोटा सप्ताह अन्तरगत दोस्रो दिन क्लबले आफ्नो ट्विन क्लब रोट्रयाक्ट क्लब अफ इस्लामाबाद बाङ्लादेश संग संस्कृती आदानप्रदान गर्ने कार्यक्रम रहेको छ ।

तेस्रो दिन वृद्धाआश्रममा खाद्यान्न प्रदान र लियो क्लब अफ तनहुँ संग संयुक्त बैठक गर्न कार्यक्रम रहेको छ ।

त्यस्तै सप्ताहको चौथो दिन क्लबको ब्यानर होर्डिङ बोर्डमा थप्ने तथा पुरानो लाई परिवर्तन गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै चैत १ गते रोट्रयाक्ट क्लब अफ दमौलीले रोटरी क्लब अफ दमौली संग संयुक्त बैठक गर्नेछ र अन्तिम दिन चैत २ गते क्लबले स्थानीय निकाय संग मैत्रीपुर्ण फुटबल प्रतियोगिता गर्दै रोटा सप्ताह समापन गर्ने क्लबले जनाएको छ ।

मार्च १३ लाई मध्यनजरमा राख्दै विश्वभरका रोट्रयाक्ट क्लबहरुले रोटा सप्ताह मनाउने र रोट्रयाक्ट क्लब अफ दमौलीले पनि फागुन २७ गतेदेखि चैत २ गतेसम्म रोटा सप्ताह मनाउन लागेको क्लबका अध्यक्ष विपिन श्रेष्ठले बताए ।

रोटरी क्लब अफ दमौलीका पुर्व अध्यक्ष रामनाथ भट्टराई, पुर्व अध्यक्ष रजिनलाल श्रेष्ठ, रोट्रयाक्ट क्लब अफ दमौलीका अध्यक्ष विपिन श्रेष्ठ, क्लबका आगामी वर्षका अध्यक्ष मनोज राउत लगाएत रोटरी र रोट्रयाक्ट क्लबको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा रोट्रयाक्ट, इन्ट्राक्ट क्लब अफ ज्ञानगंगाका अध्यक्ष सुज्वल खड्का संगै इन्ट्रयाक्ट क्लबका अन्य सदस्यहरु उपस्थिति रहेकोे थियो ।

कार्यक्रमको संचालन क्लबका आगामी वर्षका अध्यक्ष मनोज राउतले गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ