बसपार्क क्षेत्रबाट २० युवती प्रहरीको नियन्त्रणमा, अधिकांश २० वर्ष मुनिका

बसपार्क क्षेत्रबाट २० युवती प्रहरीको नियन्त्रणमा, अधिकांश २० वर्ष मुनिका

arrest WOMEN

काठमाडौं । प्रहरीले गोगंबु बसपार्कस्थित होटल तथा रेष्टुरेन्टहरुबाट २०  युवती र ३२ जना पुरुषलाई नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी प्रभाग, नयाँबसपार्कबाट खटिएको एक टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । होटल तथा रेष्टुरेन्टहरुमा चेकजाँच गर्ने क्रममा शंकास्पद रुपमा उनीहरुलाई सोधपुछको लागि नियन्त्रणमा लिएको महानगरीय प्रहरी प्रभाग, नयाँबसपार्कले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुलाई प्रहरी कार्यालयमा ल्याई आवश्यक सोधपुछ गरी सम्झाईबुझाई आफन्तको जिम्मा लगाइएको छ । पक्राउ पर्नेहरु प्रायः केटीहरु सबै २० वर्षमुनीका रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ