काठमाडौं : आइतबार भएको इथियोपिन विमान दुर्घटनामा मृत्यु हुने नेपालीको पहिचान खुलेको छ ।
मुत्यु हुने नेपालीमा गोरखाकी एकता अधिकारी रहेकी छिन् । इथियोपियाको अदिस अबाबास्थित विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) कार्यालयमा कार्यरत उनी आइतबार डब्लूएफपीकै एक कार्यक्रममा सहभागी हुन उक्त मानमार्फत नैरोबी जादै थिइन्।
इथियोपियाको राजधानी अदिस अबाबाबाट नैरोबीका लागि १४९ यात्रु र आठजना चालकदलका सदस्य रहेको विमान विमान दुर्घटना हुँदा १५८ जनाको मृत्यु भएको थियो।
इथियोपियन एयरलाइन्सले विमान दुर्घटना ३२ देशका नागरिकले ज्यान गुमाएको सामाजिक संजाल ट्विटरमार्फत जानकारी दिएको छ। दुर्घटनामा ३२ जना केन्याली, १८ जना क्यानेडेली, ९ जना इथियोपिन नागरिकको मृत्यु भएको एयरलाइन्सले जनाएको छ।
त्यसैगरी मृत्यु हुनेमा चीन, इटाली र संयुक्त राज्य अमेरिकाका आठ–आठ नागरिकरहेका छन। बेलायत र फ्रान्सका सात–सात जना छन् भने इजिप्टका छ, नेदरल्याण्डका पाँच र भारतका चार नागरिकको मृत्यु भएको छ।
सम्बन्धित खबर
कांग्रेस–एमालेको सत्ता गठबन्धनलाई हाम्रो पार्टीको समर्थन छ: भाजपा नेता जोली
इजरायलले लेबनानमा गरेको आक्रमणमा परी २३ जनाको मृत्यु
पाकिस्तानको रेलवे स्टेसनमा विस्फोट, १७ जनाको मृत्यु
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी
कडा प्रतिस्पर्धाबीच अमेरिकी राष्ट्रपतिको चुनाव आज
स्पेनमा बाढीबाट मृत्यु हुनेहरूको सङ्ख्या २ सय नाघ्यो
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते