नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले आफ्नै वेबसाइट सञ्चालनमा ल्याएको छ । यहाँ क्रियाशील पत्रकार संघसंस्थामा अत्यन्त क्रियाशील संस्थाका रुपमा रहेको मञ्चले प्रादेशिक संरचनामा आफूलाई परिमार्जन गरेसँगै वेबसाइट www.nsjfgandaki.com तथा www.nsjfgandaki.org निर्माण गरेको हो ।
मञ्चको प्रथम अधिवेशनका अवसरमा शनिबार यसको शुभारम्भ गरियो । २०५७ सालमा खेलकुद पत्रकार मञ्च, कास्की स्थापना गरेका संस्थापक अध्यक्ष समेत रहेका नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य एवं मञ्चका सल्लाहकार रामकृष्ण ज्ञवालीले वेबसाइटको लञ्च गरेका हुन् ।
मञ्चका अध्यक्ष केशव पाठकले सूचना प्रविधिमा समयानुकुल अपडेट हुने क्रममा वेबसाइट सञ्चालन गर्ने यहाँको पहिलो संस्था बनेको उल्लेख गरे । महासचिव रञ्जन अधिकारीका अनुसार पोखरा स्पोर्टस् लगायतका महत्वपूर्ण इभेन्टका तस्विर, भिडियो, कार्यसमिति तथा सदस्यहरु नामावली, प्रेस विज्ञप्ती, सूचना, प्रतिवेदनका साथै जो कसैले खेल सम्बन्धी समाचार पोष्ट गर्न सक्ने फिचर रहेको बताए ।
सम्बन्धित समाचारः
सम्बन्धित खबर
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
अर्जुनचौपारीमा दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव हुने
यु–१९ विश्वकपमा छनौट भएकी रचना र क्रिकेटर दीपेशलाई पोखरामा सम्मान
अर्जुनचौपारीले यु-१९ विश्वकप खेल्ने स्याङ्जाका खेलाडीलाई पुरस्कृत गर्ने
नेपालले अफगानिस्तानलाई २-० गोलले हरायो
नेपालले कुवेतलाई एक सय ६५ रनको फराकिलो अन्तरले हरायो
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते