असल नभएको भन्दै पाकिस्तानी प्रधानमन्त्री इमरानविरुद्द मुद्दा

असल नभएको भन्दै पाकिस्तानी प्रधानमन्त्री इमरानविरुद्द मुद्दा

imran-khan

लाहोर : पाकिस्तानका प्रधानमन्त्री इमरान खान इमानदार र असल नभएको बताउँदै लाहोरस्थित उच्च अदालतमा उनी पदका लागि अयोग्य भएको भन्दै मुद्दा परेको छ ।

उनले सन् २०१८ मा सम्पन्न चुनावमा मनोनयन दर्ता गराउँदा आफ्नो सन्तानका बारेमा ढाँटेको आरोप लगाइएको छ । पूर्वपत्नीका तर्फबाट जन्र्मिकी छोरीका बारेमा उनले सूचना लुकाएको दाबी गरिएको छ ।

उच्च अदालतले सोमवार यो विषयमा निर्णय सुनाउने भएको छ । अदालतले शनिवार उक्त मुद्दामा सुनुवाइ गर्न स्वीकार गरेको थियो ।

उजुरीमा पाकिस्तानी संविधानको धारा ६२ र ६३ को उल्लंघन भएको र यसैकारण उनी प्रधानमन्त्री पदका लागि अयोग्य भएको घोषणा गर्न माग गरिएको छ ।

पाकिस्तानी संविधानअनुसार संसद् सदस्य बन्नका लागि इमानदार र असल हुन आवश्यक छ । आफूलाई त्यसो सिद्ध गर्न नसके पदमुक्त हुने कानूनी व्यवस्था छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ