काठमाडौं : सरकारले बरोजगार पहिचान गरी रोजगारी दिनका लागि आवेदन माग गरेको छ। रोजगारीको हकसम्बन्धी अधिकार कार्यन्वयनका लागि बेरोजगारको निवेदन माग गरिएको हो।
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आगामी आर्थिक वर्ष २०७६/७७ को लागि रोजगारी दिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ले सार्वजनिक सूचना आह्वान गरेको हो ।
सरकारले चालु आर्थिक वर्षमा नै प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगारी दिने गरी बजेट विनीयोजन गरे पनि निवेदन भने आगामी आर्थिक वर्षका लागि माग गरिएको छ ।
प्रधानमन्त्री रोजगारी कार्यक्रम अन्तर्गत सार्वजनिक सेवामा कम्तीमा १०० दिन रोजगारीको लागि इच्छुक बरोजगार व्यक्तिले चैत महिनाभित्र अर्थात् आगामी एक महिनामा निवेदन दिनु पर्नेछ ।
स्थानीय तहको वडा कार्यलयमा निवेदन दिएपछि प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि प्रकियामा जानेछ।
सम्बन्धित खबर
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
११ एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
खोला किनारामा २० मिटर मापदण्डको फैसला सर्वोच्चले पुनरावलोकन गर्ने
नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय भाडादरमा छुट
देशका दुई ठूला दलले शक्ति प्रदर्शन गर्दै
‘प्रधानमन्त्रीकै नागरिकता र हस्ताक्षर किर्ते गर्नेले कसैको बाँकी राख्दैन’
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते