सर्वोच्चमा सेटिङ मिलाएर राउतलाई रिहा गरियो : बाबुराम भट्टराई

सर्वोच्चमा सेटिङ मिलाएर राउतलाई रिहा गरियो : बाबुराम भट्टराई

Baburam bhatarai

पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले सिके राउत, रेशम चौधरी र विप्लवप्रति समान व्यवहार गर्न माग गरेका छन्।

भट्टराईले देश विखण्डनको माग गर्ने सिके राउतसँग सम्झौता गर्ने तर निर्वाचित जनप्रतिनिधि र राजनीतिक एजेन्डासहित आन्दोलनरत विप्लवप्रति आक्रामक हुनु अशोभनीय हुने तर्क गरे ।

‘देशलाई नै विखण्डन गर्छु भन्नेसँग बडो उदार भएर सम्झौता गर्ने तर थारु समुदायको मागसहित आन्दोलन गरेका र कैलाली १ बाट निर्वाचित समेत भएका रेशम चौधरीलाई न्यायपालिकासँग सेटिङ मिलाएर जेल हाल्नु शोभनीय भएन’, भट्टराईले भने, ‘राजनीतिक एजेन्डा लिएर आन्दोलित विप्लव नेतृत्वको नेकपालाई नाम नै फेरेर लुटेरा पार्टी भनेर प्रधानमन्त्रीजीले जुन अराजनीतिक भाषामा सम्बोधन गर्नुभयो, त्यो गर्नु हुँदैनथ्यो, बेठिक भयो।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ