मनाङ : अन्नपूर्ण पदमार्गबाट १६ दिनअघि हराइरहेकामध्ये एकजनाको शव फेला परेको छ।
टुरिष्ट गाइड अजय ढकालको शव मनाङ ङिस्याङ गाउँपालिका अन्तर्गत ढिकुरपोखरी नजिकको क्याङली भिरमा शुक्रबार फेला परेको जिल्ला प्रहरी कार्यलय चामे मनाङका प्रहरी निरीक्षक श्रवेन्द्रकुमार विकले जानकारी दिए ।
ढकालसँगै रहेका हल्याण्डका नागरिक डोलोमा डेसिलेन्टको अवस्था भने अज्ञात छ। ढकालको शव उनका दाइले पहिचान गरेका हुन्।
उनको शव पोष्टमार्टमका लागि हेलिकोप्टरबाट शनिबार नै काठमाडौं लगिँदैछ। हराएका डेसिलेन्टको भने खोजी जारी रहेको प्रहरी निरीक्षक विकले बताए।
सम्बन्धित खबर
राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्यालाई
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ