काठमाडौं । कैलालीको टीकापुर घटनाको दोषि ठहरीएका रेशम चौधरील सहित ११ जनालाई जन्मकैद गर्नु अन्याय भएको भन्दै माइतीघरमा बिरोध प्रदर्शन गरिएको छ ।
थारु समुदायको आन्दोलनका क्रममा भएको घटनालाई राजनीतिक संवाद र सहमतिका आधारमा समाधान गरी अदातको जन्मकैद फैसला फिर्ता गर्न माग गर्दै शुक्रबार थारु समुदायले विरोध प्रदर्शन गरेका हुन् ।
थारु समुदायको आन्दोलनका क्रममा २०७२ साल भदौमा टीकापुरमा नेपाल प्रहरीको एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जनाको मृत्यु भएको घटनामा कैलाली जिल्ला अदालतले रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाउनु अन्याय भएको बिरोध कर्ताले तर्क गरेका छन् ।
टीकापुरमा थारु समुदायले गरेको आन्दोलनलाई राजनीतिक नभई आपराधिक घटनाको रुपमा ब्याख्या गरेर ११ जनालाई जेल हालेको भन्दै थारु कल्याणकारिणी सभालगायतका संस्थाले विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागीले थारुहरुमाथि दमन बन्द गर, थारु राजबन्दीहरुलाई तुरुन्त रिहा गर, थारु आन्दोलन राजनीतिक हो, आपराधिक होइन लगायतका नारा लेखेको प्लेकार्ड बोकेका थिए ।
सम्बन्धित खबर
रूपा रिङरोड दोस्रो खण्डको शिलान्यास, ४७ करोडमा बन्ने
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : गुणस्तरीय र समयमै काम गर्नू
स्वास्थ्य क्षेत्र गण्डकी सरकारको प्राथमिकता : स्वास्थ्यमन्त्री पाठक
‘मानिया’ इनर्जी ड्रिंक पिउँदा तामाङ्गले जिते ३२ इन्चको एलइडी टिभी
पोखरा -१५ मा तीज गीत प्रतियोगिता, माछापुच्छ्रे चौतारी आमा समूह पहिलो
स्वास्थ्यमन्त्री पाठकको पहिलो निर्णय : नसर्ने रोगको स्क्रिनिङ गर्ने
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग