सशस्त्र प्रहरीमा खुल्यो तीन हजार जनालाई जागिर

सशस्त्र प्रहरीमा खुल्यो तीन हजार जनालाई जागिर

sasatra police

सशस्त्र प्रहरीले ठूलो संख्यामा प्रहरी जवान माग गरेको छ । सशस्त्र प्रहरी कार्यालयले ३२ सय ९७ जना सशस्त्र प्रहरी जवानका लागि भर्ना खुलाएको हो ।

सशस्त्र प्रहरी बलले शुक्रबार प्रकाशन गरेको सूचनाअनुसार खुलातर्फ १ हजार ७ सय ७७, महिला २ सय ९७, आदिवासी, जनजाति ४ सय ७५, मधेसी ४ सय १६, दलित २ सय २२, पिछडिएको क्षेत्र ७४ र अमर प्रहरीबाट ३६ गरी जम्मा ३ हजार २ सय ९७ जना जवान माग गरिएको छ ।

योग्यता पुगको इच्छुक नेपाली नागरिकले आजका मितिदेखि चैत २५ गतेभित्र आवेदन दिन सक्ने सूचनामा जनाइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ