विप्लव समूहद्धारा अपहरण पारिएकी सांसद प्रहरीको सम्पर्कमा

विप्लव समूहद्धारा अपहरण पारिएकी सांसद प्रहरीको सम्पर्कमा

Devaki-malla-thapa

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समूहद्धारा अपरहण पारिएको भनिएकी सांसद प्रहरीको सम्पर्कमा आएकी छिन् ।

नेकपा द्धारा अपहरण पारिएको भनिएकी सुदुरपश्चिम प्रदेशकी सांसद देवकी मल्ल प्रहरीको सम्पर्कमा आएकी हुन् ।

मल्ल केही समय अगाडि मात्रै प्रहरीको सम्पर्कमा आएको बझाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए ।

‘डीएसपी साबसँग फोनमा कुराकानी भएको छ ।’ उनले भने, ‘अपहरण भएको हो या होइन भन्ने विषयमा अनुसन्धान जारी छ ।’

बझाङ ‘ख’की प्रदेश सभा सांसद मल्ल विप्लव समूहको अपहरणमा परेको आशंका गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ