किन चिसिदैछ पतिपत्नीकाे शयनकक्ष ?

किन चिसिदैछ पतिपत्नीकाे शयनकक्ष ?

hub & wife

नेपाली दम्पतीबीच जुन किसिमको सौहार्द्धपूर्ण एवं प्रेममय सम्बन्ध कायम हुनुपर्ने हो, त्यो निखि्रदै गएको पाइन्छ । यस किसिमको प्रवृत्तिलाई लिएर कतिले चुईगमसँग पनि दाम्पत्य सम्बन्धलाई तुलना गरिएको पाइन्छ ।

सुरुमा गुलियो र मिठो हुने । तर, क्रमस वेस्वादको हुँदै जाने । अहिले धेरैजसोको दाम्पत्य सम्बन्ध चुइगम जस्तै छ, सुरुमा गुलियो र पछि बेस्वादको । यसो हुनुमा धेरै किसिममा भावनात्मक कुराहरुले भूमिका खेलेको छ ।

यौनलाई ‘छाडा’ मान्ने मानसिकता र कतिपय व्यवहारिक कारणले पनि दाम्पत्यको सम्बन्ध खल्लो हुँदै गएको छ । नेपाली समाजको वर्तमान प्रवृत्ति हेर्ने हो भने पति-पत्नीबीचको भौगोलिक दुरी छ ।

पति वा पत्नी विदेशमा छन् । उनीहरुका जीवनसाथी स्वदेशमा छन् । पैसा कमाउने, घरखर्च टार्ने, ऋणपान तिर्ने, छोराछोरीलाई पढाउने आकंक्षा पालेर धेरैजसो विदेशिएका छन् ।

यसरी वैंशालु उमेरमै पति-पत्नी एकसाथ हुन नपाएपछि त्यहाँ गडबड पैदा भएको छ । यसमा दुबैको अतृप्त यौन गडबडीको कारण बनेको छ ।

तर, कथा वैदेशिक रोजागारीसँग मात्र जोडिएका छैन । पति-पत्नी एकसाथ भएर पनि कतिपय दाम्पत्य सम्बन्धमा चिसिएको छ । यसो हुनुमा उनीहरुको व्यस्त दैनिकी, महत्वकांक्षा आदि थुप्रै कारण जोडिएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ