२५ वर्षे युवतीले प्राकृतिक रुपमा एकैपटक जन्माइन् ६ छोरी र एक छोरा

२५ वर्षे युवतीले प्राकृतिक रुपमा एकैपटक जन्माइन् ६ छोरी र एक छोरा

babies

इराकमा एक महिलाले एकैपटक ६ छोरी र एक छोरालाई प्राकृतिक रुपमा जन्म दिएकी छिन् । नयाँ आमाको स्वास्थ्य ठिक भएको बताइएको छ ।

रिपोर्टले नवजात शिशुहरुको स्वास्थ्य पनि राम्रो भएको बताएको छ । २५ वर्षे नाम नखुलाएकी महिलाले इराकको दियाली प्रान्तस्थित एक अस्पतालमा आफ्ना सात सन्तानलाई प्राकृतिक रुपमै जन्म दिएकी हुन् ।

एकैपटक सात सन्तानलाई जन्म दिएको यो देशकै पहिलो घटना बताइएको छ । स्थानीय स्वास्थ विभागका प्रवक्ताले एक वक्तव्य जारी गर्दै आमा, उनका ६ छोरी र एक छोराको स्वास्थ्य राम्रो भएको जानकारी दिएका छन् ।

ती शिशुका पिता युसुफ फदेलले आफ्नो परिवार यतिसम्म बढ्ला भनेर कहिले पनि नसोचेको बताए । अब उनको थाप्लोमा १० सन्तानको जिम्मेवारी थपिएको छ ।

यो घटनाले लेबनानको एक अस्पतालमा एकैपटक जन्मिएका ६ बच्चाको याद दिलाउँछ । त्यतिबेला एक महिलाले तीन छोरी र तीन छोरालाई एकै पटक जन्म दिएकी थिइन् ।

अमेरिकाको लोवा राज्यमा सन् १९९७ मा एउटी आमाले सात जीवित बच्चालाई जन्म दिएकी थिइन् । यसलाई यस्तो प्रकृतिको संसारकै पहिलो घटना मानिन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ