सरकार समृद्ध हुन सबै खालको बिभेदको अन्त्य हुनुपर्छ : मुख्यमन्त्री गुरुङ

सरकार समृद्ध हुन सबै खालको बिभेदको अन्त्य हुनुपर्छ : मुख्यमन्त्री गुरुङ

prithvi subba (1)

file photo

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलले कुनै पनि सरकारको बिकास र सम्बृद्धिका लागि त्यहाँ हुने सबै खाले बिभेदको अन्त्य हुनुपर्ने बताएका छन् ।

शुक्रबार परेको १०९ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना सन्देश दिँदै मुख्यमन्त्री गुरुङले यस्तोे बताएका हुन् ।

प्रत्येक वर्ष ८ मार्चलाई विश्वभर अन्तर्रा्ष्ट्रिय महिला दिवस मनाउने गरिन्छ । गण्डकी प्रदेश सरकारले संवैधानिक र कानुनी रुपमा प्राप्त महिला अधिकार पूर्ण रुपमा कार्यान्वयन गरेर अघि बढ्न मुख्य मन्त्री गुरुङले सम्बन्धीत निकायलाई ध्यानाकर्षण गराएका छन् ।

‘आज महिलाहरुले आफ्नो हक अधिकार प्राप्तीका लागि आवाज उठाउने दिनको रुपमा लिईन्छ’ उनले भने, ‘महिलाहरु मात्रै है अब पिछडीएका सबै बर्गले आफ्नो हक अधिकारका लागि आवाज उठाउनु पर्छ । अनि मात्रै देश आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चितता तर्फ जान्छ ।’

मुख्यमन्त्री गुरुङले वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक एवं सवै प्रकारका शोषण, उत्पीडन र विभेदको अन्त्य गर्नुपर्ने तर्क राखेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ