आदिकवि भानुभक्त क्याम्पसमा महिला हिंसा माथि बौद्धिक बहस

आदिकवि भानुभक्त क्याम्पसमा महिला हिंसा माथि बौद्धिक बहस

Women violence Pd1

तनहुँ । तनहुँको व्यास-१ विज्ञानचौर स्थित आदिकवि भानुभक्त क्याम्पसमा महिला हिंसा माथि बौद्धिक बहस कार्यक्रम सम्पन्न भएको छ ।

क्याम्पसको आयोजनामा बिहिबार बिहान उक्त बहस कार्यक्रम सम्पन्न भएको हो । जिल्ला अदालत तनहुँका न्यायाधीश दुर्गा प्रसाद ढुंगेलले एचआइभि एडसका कारण सामाजिक भेदभाव र बहिष्कारका बाबजुद संघर्ष गर्दै समाज सेवामा जुटिरहेकी सामाजिक अगुवा तथा महिला अधिकारकर्मी ऋषिङ गाउपालिका वडा नं २ कि तारा थापालाइ दोसल्ला ओढाइ सम्मान गरेका थिए । सोही लगत्तै कार्यक्रमको सुरुवात भएको थियो ।

उक्त अवसरमा बोल्दै न्यायधीश ढुंगेलले महिला हिंसालाई अन्त्य गर्न महिलाहरुका लागि विद्यमान न्यायिक व्यवस्थाका बारेमा बहस गर्न र महिला अधिकार बारेमा सामाजिक जागरण ल्याउन जरुरि रहेको बताए ।

न्यायधीश ढुंगानाले अन्तराष्ट्रिय नारी दिवसको अवसरमा अधिकारकर्मि, शिक्षाविद, कानुन व्यावसायि र राजनितिज्ञहरु समेटिएको बौद्धिक बहसले महिला हिंसाका सवै पाटोमा गहिरो छलफल भएको बताए ।

प्रायजसो टेलिभिजन च्यानलमा देखिने प्यानल छलफल पहिलो पटक क्याम्पसले आफ्नो सभाकक्षमा आयोजना गरेको थियो ।

बौद्धिक बहसमा समाजमा रहेको महिला हिंसा र त्यसको निरुपणका लागि बनेको कानुनहरु र तिनको कार्यान्वयनको अवस्थाका बारेमा छलफल गरिएको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जानकारि दिए ।

क्याम्पसका संचालक समिति, अभिभावक, प्राध्यापक र विद्यार्थिहरुका जिज्ञासाहरुलाई बौद्धिक बहसमा सहभागि प्यानल सदस्य र सम्बन्धित संस्थाका प्रतिनिधिहरुले उत्तर दिएका थिए ।

उक्त बहस कार्यक्रममा जनप्रतिनिधि तर्फ व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, कानुन व्यावसायी तर्फबाट विश्व वास्तोला, राजनितिक सामाजिक अगुवाका तर्फवाट नेकपाकी नेतृ भगवति न्यौपाने, अधिकारकर्मीहरुका तर्फबाट सरिता भण्डारि, शिक्षाविदका तर्फवाट विना कैनी र सुरक्षा निकायका तर्फबाट तनहुँ प्रहरीका प्रतिनिधि प्रहरी निरिक्षक जनकराज बन्जरा रहेका थिए ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष रामचन्द्र बस्नेत र उपाध्यक्ष श्रीराम कार्कीले प्रमुख अतिथि लगायत प्यानल सदस्यहरुलाइ खादा ओढाएर स्वागत गरेका थिए ।

बहसमा जिल्ला प्रशासन कार्यलय तनहुँका प्रशासन अधिकृत लोकराज सुवेदि, नेपाल आदिवासि जनजाति महासंघ तनहुँका अध्यक्ष तथा व्यास ४ का वडासदस्य बसुन्धरा घर्ति, क्याम्पस प्रमुख महाप्रसाद हड्खले, सहायक प्रमुखहरु आत्मराम वास्तोला तथा सदाखर तिमिल्सिना, स्व वि यु सभापति दुर्गा भण्डारि, संचालक समितिका सदस्यहरु, अभिभावक, प्राध्यापक, कर्मचारि विद्यार्थी लगायतका उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रमको संचालन शिक्षा विभाग प्रमुख कल्पना लम्सालले गरेकी थिइन ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ