उपकप्तान ज्ञानेन्द्रलाई चार खेलमा प्रतिबन्ध

उपकप्तान ज्ञानेन्द्रलाई चार खेलमा प्रतिबन्ध

Nepal Headshots – ICC Cricket World Cup Qualifier

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ललाई चार खेलमा प्रतिबन्ध लगाइएको छ । धनगढी प्रिमिएर लिग क्रिकेटमा काठमाडौं गोल्डेन्सको कप्तानी सम्हालेका ज्ञानेन्द्रलाई दोस्रो क्वालिफायर्समा सहभागी नभएको भन्दै प्राविधिक समितीले चार खेलमा प्रतिबन्ध लगाएको हो।

काठमाडौं गोल्डेन्सले आफना विदेशी खेलाडी अंकित दबासलाई कारबाही गरेको भन्दै दोस्रो क्वालिफायर्स बहिस्कार गरेको थियो।

घरेलु चार खेलमा प्रतिबन्ध लागेपछि ज्ञानेन्द्रले आठौं राष्ट्रिय खेलकुदअन्तर्गत क्रिकेटको प्रदेशस्तरीय छनोट खेल्न नपाउने भएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ