६५ वर्षे वृद्धाले जन्माईन छोरी, ‘बहुमूल्य उपहार’ भन्दै भगवानलाई धन्यवाद

६५ वर्षे वृद्धाले जन्माईन छोरी, ‘बहुमूल्य उपहार’ भन्दै भगवानलाई धन्यवाद

oldest_mother_dgjXV2mmtB

काश्मिरकी ६५ वर्षे वृद्धाले एक स्वस्थ छोरीलाई जन्म दिएकी छिन् । बालिकाको जन्म पछि ८० वर्षे पिताले ‘बहुमूल्य उपहार’ का लागि ‘अल्लाह’ लाई धन्यवाद दिएका छन् । नाम नखुलाइएकी ती आमाले आफू संसारको सबैभन्दा वृद्ध आमा भएको दाबी गरिरहेकी छिन् ।

यद्यपी, बुवा हाकिम दिनले छोरीलाई हुर्काउनका लागि आर्थिक सहयोग आवश्यक पर्ने बताएका छन् ।

सन् २०१८ को डिसेम्बर २६ तारिख (बक्सिङ डे) को दिन जम्मु–कश्मिरको पुन्छ जिल्लाको एक अस्पतालमा ती वृद्धाले छोरीलाई जन्म दिएको डेली मेलले बताएको छ ।

यो जोडीको १० वर्षको छोरासमेत भएको जानकारीमा उल्लेख छ । कश्मिरका स्त्रीरोग विशेषज्ञ डा. साबिर सिद्दीकीले स्थानीय पत्रकारलाई यो घटनालाई ‘दुर्लभको पनि दुर्लभ’ संज्ञा दिएका छन् ।

‘साधारणतया भारतमा महिलाको महिनावारी ४७ वर्षमा सुक्छ । महिनावारी रोकिएपछि बच्चा जन्माउने बारे सोच्नै सकिँदैन । तर यो दुर्लभ घटना हो,’ उनले भने ।  यदि यो कुरा साँचो हो भने उनी प्राकृतिक तरिकाले गर्भाधान गर्ने संसारकै सबैभन्दा वृद्ध आमा हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ