पाकिस्तानी प्रधानमन्त्री खानले हिन्दु विरुद्ध बोल्ने मन्त्री हटाए

पाकिस्तानी प्रधानमन्त्री खानले हिन्दु विरुद्ध बोल्ने मन्त्री हटाए

pakistani_minister_wVl1gu5ehX

पाकिस्तानको पंजाब प्रान्तको सूचना तथा संस्कृति मन्त्री फैयाज अल हसन चौहानलाई हिन्दुमाथि दिएको आपत्तिजनक बयानपछि पदबाट हटाएका छन् ।

पंजाबका मुख्यमन्त्री सरदार उस्मान बुजदारले फैयाज चौहानको यो  बयानपछि स्पष्टिकरणका लागि बोलाएका थिए । त्यसपछि उनले आफ्नो राजीनामा दिएका छन् ।

मुख्यमन्त्रीको तर्फबाट जारी बयानमा इमरान खानको नेतृत्व भएको पाकिस्तान तहरिक–ए–इंसाफ पार्टीमा कुनै प्रकारको भेदभाव सहन नसकिने बताइएको छ ।

चौहानले हिन्दुलाई गाईको मूत्र पिउने बताउँदै भारत पाकिस्तानको प्रतिस्पर्धा गर्न नसक्ने बताएका थिए ।

यो बयानको भिडियो सार्वजनिक भएपछि उनको चर्को आलोचना भइरहेको थियो ।

पाकिस्तानको सोसल मिडियामा #SackFayazChohan र #Hindus टप ट्रेन्डमा रहे ।

उनको बयानपछि सोसल मिडियामा मात्रै नभई पाकिस्तान तहरिक–ए–इंसाफ पार्टीका नेताले पनि उनको आलोचना गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ