दिनहुँ रक्सी खाएर बिद्यालय आउने एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । दिनहुँ रक्सी खाएर बिद्यालय आउने वालिङ नगरपालिका ८ काफलडाडाँमा रहेको तेज आधारभूत विद्यालयका प्रधानाध्यापक इन्द्रबहादुर मल्ललाई प्रहरीले पक्राउ गरेको हो ।
विद्यालयमा अध्यापनका लागि रक्सी खँएर गएका ५० वर्षीय मल्ल बिरुद्ध अभिभावकहरुले उजुरी गरेका थिए । सधैँ विद्यालयमा रक्सी सेवन गरेरै आउने मल्लको ब्यबहारबाट दिक्क भएर प्रहरीमा उजुरी गर्न बाध्य भएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष दुर्गाप्रसाद पंगेनीको भनाई छ ।
अभिभावकले गरेको उजुरीका आधारमा मल्ललाई पक्राउ गरेको बताउँदै प्रहरी निरीक्षक शंकर आचार्यले कानुन बमोजिम कारबाही गर्ने बताए । २०४१ सालबाट तेज आधारभूत विद्यालयमा अध्यापन गर्न थालेका मल्लको नियमित रक्सी खाएर बिद्यालय आउन थालेपछि अभिभाबकहरुले ५ वर्ष पहिलै बाट जागिर छोड्न दबाव दिई रहेको बताउँछन् ।
मल्लले गत माघ ४ गते पनि आगामी दिनमा रक्सी खाएर बिद्यालय नखाउने प्रतिबद्धता गरेको अध्यक्ष पंगेनीले जनाए ।
सम्बन्धित खबर
कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ
आज फाल्गुनन्द जयन्ती, कोशी प्रदेशमा सार्वजनिक बिदा
आज देशभरको मौसम कस्तो रहन्छ?
फिल्म हिट भएपछि मात्रै प्रचारमा जोडिएको भन्दै प्रकाश सपुतको आलोचना, मागे माफी
एमालेको निर्णयको स्वागत गर्दै रास्वपा नेता कार्की भन्छन्ः नयाँ पार्टीका रूपमा चुक्यौं, माफी माग्छु
गणेशमान सिंहको ११०औँ जन्मजयन्ती मनाइँदै
यो पनि पढौँ
तनहुँको याम्पाफाँटमा मोटरसाइकल दुर्घटना हुँदा २२ वर्षीय युवकको मृत्यु
सत्रकिलो बस दुर्घटनामा पोखरा बस्ने एकसहित ५ जनाको मृत्यु, एक गम्भीर [अपडेट]
शौच गर्न जाँदा मुग्लिनबाट बेपत्ता भएकी छात्रा नारायणीमा मृत भेटिइन्
भैलो खेलिरहेको स्थानमा बस गुड्दा २ जनाको मृत्यु, ३५ जना घाइते