म्यानचेस्टर युनाइटेडको खेल हेर्न पेरिस पुगिन् श्रृंखला

म्यानचेस्टर युनाइटेडको खेल हेर्न पेरिस पुगिन् श्रृंखला

53921414_429870141150932_5473702881200701440_o

मिस नेपाल श्रृंखला खतिवडा च्याम्पियनस लिगको गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडको खेल हेर्न पेरिस पुगिन् । श्रृंखलाले आफ्नो इन्स्टाग्राममा फोटोहरु पोष्ट गरेकी छिन् । केहि खेलाडीहरुसँग फोटो पनि क्लिक गरिन् । उक्त खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ ।

पेरिस सेन्ट जर्मन (पिएसजी)लाई ३-१ ले पराजित गर्दै युनाइटेड विजयी भएको हो । जितका लागि लुकाकुले दुई र रासफोर्डले पेनाल्टीमा गोल गरेका थिए । खेल सुरु भएको २ मिनेटमा नै लुकाकुले गोल गर्दै अग्रता दिलाएका थिए । तर, निकै दबाबमा आएको पिएसजीले १२ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । त्यसपछि खेलको ३० मिनेटमा पुनः लुकाकुले व्यक्तिगत दोश्रो गोल गर्दै खेलमा पुनः अग्रता बनाएका थिए ।

पहिलो हाफ दुई एकले अगाडि रहेको म्यानचेस्टर खेल भरी पिएसजीले बल पोजेसन भने आफैसँग राखेको थियो । अन्त्यमा, खेलको इञ्जुरी टाइममा भएआरमार्फत् पेनाल्टी पाएको म्यानचेस्टरले गोल गर्दै नतिजा ३-१ मा ल्याइ पुर्याए ।

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

ट्रेन्डिङ