राष्ट्रपति बारम्बार किन विवादमा !

राष्ट्रपति बारम्बार किन विवादमा !

Bidya_Devi_Bhandari_President_rastrapati

काठमाडौं, फागुन २३ । सेना दिवसका अवसरमा नेपाली सेनाले आयोजना गरेको रात्रिभोजमा राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका कारण लामो समय सडक अवरुद्ध भएको भन्दै सर्वसाधारणले मंगलबार ट्राफिक निर्देशन अवज्ञा गरेर गाडी चलाए ।

शीतलनिवासदेखि सेनाले आयोजना गरेको रात्रिभोज स्थलसम्म आइपुग्न बढीमा १५ मिनेट लाग्ने भए पनि राष्ट्रपतिको सवारीका नाममा सर्वसाधारणलाई एक घण्टाभन्दा बढी सडकमा गाडी चलाउन रोक लगाइयो ।

राष्ट्रपतिको सवारीप्रति सर्वसाधारणको गुनासो भइरहँदा पनि सम्बोधन गर्ने प्रयास कतैबाट भएको छैन ।

केही समय यता प्रहरी तालिम केन्द्र हटाएर राष्ट्रपति निवास बढाउन खोजेको, बिलासी गाडी र हेलिकप्टर किन्न लगाएको भन्दै राष्ट्रपतिको आलोचना हुँदै आएको छ । त्यतिमात्र होइन, गत दसैंमा राष्ट्रपति निवासमा टीकाजमरा लगाउने कार्यक्रमस्थलमा टीका थाप्नेलाई कुर्सीसमेतको व्यवस्था नगरेको भन्दै उनको आलोचना भएको थियो । –नागरिक दैनिकबाट    

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ