ट्रकले किचेर ४ वर्षीय बालकको ज्यान गयो, प्रहरीले नै घटना लुकाउन खोजेको आरोप

ट्रकले किचेर ४ वर्षीय बालकको ज्यान गयो, प्रहरीले नै घटना लुकाउन खोजेको आरोप

Udaypur acc

उदयपुर । उदयपुरको कटारी बजारमा ट्रकले किच्दा बालकको मृत्यु भएको छ । स्थानीय दिलबहादुर राईको छोरा ४ वर्षीय मौसम राईलाई ट्रकले किचेको हो ।

उदयपुरको कटारी नगरपालिका ४ कटारी बजारमा बुधबार मध्याह्न कटारीबाट सोलुखुम्बुका लागि हिँडेको ना ४ ख ८८९८ नम्बरको ट्रकले सडकमा खेलिरहेको बालकलाई किचेर अघि बढ्दा बालकको शव क्षतविक्षत भएको इलाका प्रहरी कार्यालय कटारीका डीएसपी ध्रुव श्रेष्ठले जानकारी दिए । स्थानीय मेघबहादुर कार्कीले ट्रकको ठक्करबाट बालकको मृत्यु भएपछि प्रहरीले ट्रकको बचाउ गरेको भन्दै कटारीवासी आन्दोलनमा उत्रेको जनाए ।

‘प्रहरीले घटनास्थलमा समेत माटोले पुर्ने लगायतका काम गरेको छ,’ उनले भने ‘तीव्रगतिमा गुडेको ट्रकले सडकमा खेल्दै गरेका बालकलाई ठक्कर दिएको थियो, तर, प्रहरीले घटनालाई लुकाउन खोज्यो ।’ बालकको मृत्युपछि मृतकका आफन्तले कटारी बजार क्षेत्रमा विरोध प्रदर्शन गरेका छन् । ट्रक र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको डीएसपी श्रेष्ठको भनाइ छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ